मत्तिका अनुसार
१ अब्राहामका छोरा,+ दाउदका छोरा+ येसु ख्रिष्टको* वंशावली:
२ अब्राहामबाट इसहाक जन्मिए;+
इसहाकबाट याकुब जन्मिए;+
याकुबबाट यहुदा+ र तिनका दाजुभाइ जन्मिए;
३ यहुदाबाट तामारले पेरेज र जेरहलाई जन्माइन्;+
पेरेजबाट हेस्रोन जन्मिए;+
हेस्रोनबाट राम जन्मिए;+
४ रामबाट अम्मिनादाब जन्मिए;
अम्मिनादाबबाट नहसोन जन्मिए;+
नहसोनबाट साल्मोन जन्मिए;
५ साल्मोनबाट राहाबले बोअजलाई जन्माइन्;+
बोअजबाट रुथले ओबेदलाई जन्माइन्;+
ओबेदबाट यिसै जन्मिए;+
६ यिसैबाट राजा दाउद जन्मिए।+
दाउदबाट उरियाहकी पत्नीले सुलेमानलाई जन्माइन्;+
७ सुलेमानबाट रहबाम जन्मिए;+
रहबामबाट अबियाह जन्मिए;
अबियाहबाट आसा जन्मिए;+
८ आसाबाट यहोसापात जन्मिए;+
यहोसापातबाट यहोराम जन्मिए;+
यहोरामबाट उज्जियाह जन्मिए;
९ उज्जियाहबाट योताम जन्मिए;+
योतामबाट आहाज जन्मिए;+
आहाजबाट हिजकियाह जन्मिए;+
१० हिजकियाहबाट मनस्से जन्मिए;+
मनस्सेबाट अमोन जन्मिए;+
अमोनबाट योसियाह जन्मिए;+
११ यहुदीहरूलाई बन्दी बनाएर बेबिलोन लगिएको बेला+ योसियाहबाट+ येकोनिया+ र तिनका दाजुभाइ जन्मिए।
१२ बेबिलोनमा येकोनियाबाट सालतिएल जन्मिए;
सालतिएलबाट यरुबाबेल जन्मिए;+
१३ यरुबाबेलबाट अबिउद जन्मिए;
अबिउदबाट एलियाकिम जन्मिए;
एलियाकिमबाट आजोर जन्मिए;
१४ आजोरबाट सादोक जन्मिए;
सादोकबाट आखिम जन्मिए;
आखिमबाट एलिउद जन्मिए;
१५ एलिउदबाट एलियाजार जन्मिए;
एलियाजारबाट मत्थान जन्मिए;
मत्थानबाट याकुब जन्मिए;
१६ याकुबबाट युसुफ जन्मिए, जो मरियमका पति थिए। यिनै मरियमले येसुलाई जन्माइन्,+ जो ख्रिष्ट कहलाइनुभयो।+
१७ यसरी सबै गरेर अब्राहामदेखि दाउदसम्म १४ पुस्ता, दाउददेखि यहुदीहरूलाई बन्दी बनाएर बेबिलोन लगिएको समयसम्म १४ पुस्ता र यहुदीहरूलाई बेबिलोन लगिएको समयदेखि ख्रिष्टसम्म १४ पुस्ता भयो।
१८ येसु ख्रिष्टको जन्म यसरी भयो। उहाँकी आमा मरियमको युसुफसित मगनी भएको थियो तर तिनीहरूको विवाह हुनुअघि नै पवित्र शक्तिद्वारा* तिनी गर्भवती भइन्।+ १९ तर तिनका पति युसुफ धर्मी मानिस भएकोले तिनको बेइज्जत गर्न चाहँदैनथे। त्यसैले उनले गुप्तमै तिनीसित सम्बन्धविच्छेद गर्ने निधो गरे।+ २० यी कुराहरू विचार गरिसकेपछि उनी निदाए र हेर! यहोवा* परमेश्वरका स्वर्गदूत सपनामा उनीकहाँ आएर यसो भने: “हे दाउदको छोरा युसुफ, मरियमसित विवाह गर्न* नडराऊ! किनभने तिनी पवित्र शक्तिद्वारा गर्भवती भएकी हुन्।+ २१ तिनले एउटा छोरा जन्माउनेछिन् र तिमीले उहाँको नाम येसु* राख्नू+ किनभने उहाँले आफ्ना मानिसहरूलाई पापबाट उद्धार गर्नुहुनेछ।”+ २२ वास्तवमा यी सबै कुरा यहोवा* परमेश्वरले आफ्नो भविष्यवक्ताद्वारा भन्नुभएको यो वचन पूरा हुनलाई भएको थियो: २३ “हेर! कन्या गर्भवती हुनेछिन् र एउटा छोरा जन्माउनेछिन् र तिनीहरूले उहाँको नाम इम्मानुएल राख्नेछन्,”+ जसको अर्थ हो, “परमेश्वर हामीसित हुनुहुन्छ।”+
२४ तब युसुफ निद्राबाट ब्युँझे र उनले यहोवा* परमेश्वरको स्वर्गदूतले भनेझैँ आफ्नी पत्नीलाई घरमा ल्याए। २५ तर छोरा नजन्मेसम्म युसुफले आफ्नी पत्नीसित यौनसम्बन्ध राखेनन्+ र युसुफले बालकको नाम येसु राखे।+