यसैया
२३ टायरबारे घोषणा:+
ए तर्सिसका जहाजहरू हो, शोक मनाओ!+
किनकि बन्दरगाह नाश भएको छ; त्यहाँबाट कुनै पनि जहाज छिर्न सक्दैन।
कित्तिमको+ देशमा तिनीहरूले यो खबर पाए।
२ ए तटवर्ती इलाकाका बासिन्दाहरू हो, चुप लाग।
सिदोनबाट+ समुद्र तरेर आएका व्यापारीहरूले तिमीहरूलाई मालामाल बनाइदिएका छन्।
३ सिहोरको*+ अन्न समुद्री मार्ग हुँदै लगियो,
नाइल नदीको बाली बेचेर तिनीहरूले मुनाफा कमाए+
अनि देश-देशबाट धनसम्पत्ति बटुले।
४ ए समुद्रको गढ सिदोन, तँ लज्जित हो।
किनकि समुद्रले यसो भनेको छ:
“मैले सुत्केरी बेथा भोगेकी छैनँ, बच्चा पनि जन्माएकी छैनँ।
मैले न छोराहरू हुर्काएकी छु न त छोरीहरू।”+
६ पारि तर्सिसमा जाओ!
ए तटवर्ती इलाकाका बासिन्दाहरू हो, विलाप गर!
७ के तिमीहरूको सहर यही हो? धेरै पहिलेदेखि, हो, सुरुदेखि नै गौरवले भरिएको तिमीहरूको सहर के यही हो?
त्यो आफ्नो खुट्टाले टेकेर टाढा-टाढाका देशमा बास बस्न जान्थ्यो।
८ मुकुट पहिराउने सहर टायर,
जसका व्यापारीहरू शासक थिए,
जसका किनबेच गर्नेहरूलाई सारा पृथ्वीले मान गर्थ्यो,
त्यसविरुद्ध कसले यस्तो निर्णय गऱ्यो?+
९ सेनाहरूका यहोवा स्वयम्ले यस्तो निर्णय गर्नुभएको हो।
त्यसले आफ्नो सौन्दर्यमाथि गर्ने घमन्डलाई चूरचूर पार्न
अनि सारा पृथ्वीमा ज-जसले सम्मान पाएका थिए, तिनीहरू सबैको अपमान गर्न उहाँले यो निर्णय गर्नुभएको हो।+
१० ए तर्सिसकी छोरी, नाइल नदीझैँ आफ्नो देशमा फैली!
किनकि जहाजको लागि कुनै ठाउँ* बाँकी रहेन।+
११ उहाँले समुद्रमाथि आफ्नो हात पसार्नुभएको छ।
उहाँले राज्यहरूलाई हल्लाउनुभएको छ।
यहोवाले फोनिसियाका किल्लाहरूलाई+ ध्वस्त पार्ने आदेश दिनुभएको छ।
१२ उहाँ यसो भन्नुहुन्छ: “ए शोषणमा परेकी सिदोनकी कुमारी छोरी!
अबदेखि तैँले रमाहट गर्नेछैनस्।+
उठ्, पारि कित्तिममा जा!+
तर त्यहाँ गए पनि तैँले विश्राम पाउनेछैनस्।”
१३ कल्दियालीहरूको+ देशलाई हेर!
अस्सेरियाले+ होइन,
कल्दियालीहरूले त्यसलाई मरुभूमिका जनावरहरूको अखडा बनाइदिए।
त्यसलाई घेरा हाल्न तिनीहरूले मचानहरू खडा गरे।
अनि त्यसका बलिया-बलिया गढहरू ढालिदिए।+
तिनीहरूले त्यसलाई टुक्राटुक्रा पारेर नाश गरे।
१४ ए तर्सिसका जहाजहरू हो! धुरुधुरु रोओ!
किनकि तिमीहरूको किल्ला ध्वस्त भएको छ!+
१५ त्यस दिनदेखि ७० वर्षसम्म टायरलाई कसैले सम्झनेछैन;+ त्यति नै वर्षसम्म, जति वर्षसम्म एक जना राजाले शासन गर्छ। अनि ७० वर्षको अन्तमा टायरको हालत वेश्याको यो गीतमा बताइएझैँ हुनेछ:
१६ “ए सबैले बिर्सेको वेश्या!
एउटा वीणा ली र सहरलाई एक फन्को मार्।
राम्ररी वीणा बजा अनि धेरै गीत गा
र तिनीहरूले तँलाई फेरि सम्झिऊन्।”
१७ यहोवाले ७० वर्षपछि टायरमाथि फेरि दृष्टि लगाउनुहुनेछ। त्यो आफ्नो पेसामा फर्किनेछे र त्यसले पृथ्वीका सबै राज्यसित वेश्यावृत्ति गर्नेछे। १८ तर त्यसको मुनाफा र आम्दानी यहोवाको लागि पवित्र ठहरिनेछ। त्यो कमाइ न थुपारिनेछ न त जम्मा गरिनेछ किनकि त्यो यहोवाको जनहरूका लागि हुनेछ। त्यस कमाइले तिनीहरूले पेटभरि खानेछन् र शानदार पोसाक लगाउनेछन्।+