भजनसङ्ग्रह
निर्देशकलाई; तारे बाजाहरूसित बजाउने। दाउदले रचेको भजन।
४ हे न्यायी परमेश्वर,+ मैले पुकार्दा जवाफ दिनुहोस्।
मलाई दुःख पर्दा छुटकारा दिनुहोस्।
मलाई निगाह देखाउनुहोस् र मेरो पुकारा सुन्नुहोस्।
२ हे मानिसहरू हो, तिमीहरू कतिन्जेल मलाई आदर गर्नुको सट्टा मेरो अपमान गरिरहन्छौ?
तिमीहरू कतिन्जेल व्यर्थका कुराहरूलाई माया गर्छौ र झूटको पछि लाग्छौ? (सेला)
३ यो कुरा जानिराख, यहोवाले आफ्ना वफादार जनहरूको धेरै ख्याल राख्नुहुन्छ;*
मैले यहोवालाई पुकार्दा उहाँले सुन्नुहुनेछ।
६ यसो भन्नेहरू धेरै छन्: “हामीलाई असल कुरा कसले देखाउनेछ?”
हे यहोवा, तपाईँको मुहारको ज्योति हामीमाथि चम्काउनुहोस्।+
७ प्रशस्त अन्न र अङ्गुरको नयाँ मद्य हुनेहरूभन्दा म धेरै खुसी छु
किनकि तपाईँले मेरो हृदय आनन्दले भरिदिनुभएको छ।