भजनसङ्ग्रह
मास्किल।* एज्रहवंशी एतानको रचना।+
८९ यहोवाले देखाउनुभएको अटल प्रेमको म सदा स्तुति गाउनेछु।
म आफ्नो मुखले सबै पुस्तालाई तपाईँको वफादारीको बखान गर्नेछु।
२ किनकि मैले भनेँ: “तपाईँको अटल प्रेम सदा रहिरहनेछ+
अनि तपाईँले आफ्नो वफादारीलाई स्वर्गमा स्थिर पार्नुभएको छ।”
४ ‘तिम्रो सन्तानलाई म सदाको लागि स्थापित गर्नेछु,+
तिम्रो सिंहासनलाई म पुस्तौँपुस्तासम्म स्थिर पार्नेछु।’”+ (सेला)
५ हे यहोवा, स्वर्गले तपाईँका अचम्मका कामहरूको प्रशंसा गर्छ,
हो, पवित्र जनहरूको समुदायमा तपाईँको वफादारीको बयान गर्छ।
७ पवित्र जनहरूको समुदायले परमेश्वरको श्रद्धा गर्छ;+
उहाँको वरपर रहेकाहरू सबैको लागि उहाँ महान् हुनुहुन्छ,
उहाँलाई देखेर तिनीहरू भय र श्रद्धाले भरिन्छन्।+
८ हे सेनाहरूका परमेश्वर यहोवा,
हे याह, तपाईँजस्तो पराक्रमी अरू को छ?+
तपाईँ हरेक कुरामा विश्वासयोग्य हुनुहुन्छ।+
९ समुद्रको हलचललाई तपाईँ काबूमा राख्नुहुन्छ;+
त्यसका छालहरू उर्लेर आउँदा तपाईँ त्यसलाई शान्त पार्नुहुन्छ।+
१० तपाईँले राहाबलाई*+ परास्त गरेर टुक्राटुक्रा पार्नुभएको छ।+
आफ्नो बलियो पाखुराले तपाईँले आफ्ना शत्रुहरूलाई तितरबितर पारिदिनुभएको छ।+
११ स्वर्ग तपाईँको हो र पृथ्वी पनि तपाईँकै हो;+
उर्वर भूमि र त्यसमा भएका सबै थोक तपाईँकै हुन्+—ती सबै तपाईँले नै रच्नुभएको हो।
१२ उत्तर र दक्षिण पनि तपाईँले नै बनाउनुभयो;
ताबोर+ र हर्मोनले+ खुसी हुँदै तपाईँको नामको प्रशंसा गर्छन्।
१५ आनन्दित हुन् ती मानिसहरू, जो हर्षले भरिएर तपाईँको जयजयकार गर्छन्।+
हे यहोवा, तिनीहरू तपाईँको मुहारको ज्योतिमा हिँड्छन्।
१६ तपाईँको नामको कारण तिनीहरू सारा दिन हर्षित हुन्छन्
अनि तपाईँको धार्मिकताको कारण तिनीहरू महिमित हुन्छन्।
१७ किनकि तिनीहरूको बलको गौरव तपाईँ नै हुनुहुन्छ+
१८ किनकि यहोवाले नै हामीलाई ढाल दिनुभएको हो।
इस्राएलका पवित्र परमेश्वरले नै हामीलाई राजा दिनुभएको हो।+
१९ त्यतिबेला तपाईँले आफ्ना वफादार जनहरूलाई दर्शनमा* यसो भन्नुभयो:
“मैले एक पराक्रमी जनलाई बल दिएको छु;+
मैले मानिसहरूमध्ये एक जनालाई रोजेर उच्च तुल्याएको छु।+
२१ मेरो हातले तिनलाई थाम्नेछ+
अनि मेरो पाखुराले तिनलाई बलियो पार्नेछ।
२२ कुनै पनि शत्रुले तिनीबाट तिरो असुल्नेछैन,
कुनै दुष्ट मानिसले तिनीमाथि अत्याचार गर्नेछैन।+
२३ म तिनकै अगाडि तिनका शत्रुहरूलाई टुक्राटुक्रा पारिदिनेछु;+
तिनलाई घृणा गर्नेहरू सबैलाई म ढालिदिनेछु।+
२६ तिनले यसो भनेर मलाई पुकार्नेछन्: ‘तपाईँ मेरो बुबा हुनुहुन्छ,
मेरो परमेश्वर र मेरो उद्धार गर्ने चट्टान।’+
२९ तिनको सन्तानलाई म सदाको निम्ति स्थापित गर्नेछु
अनि जसरी स्वर्ग सधैँ रहन्छ, त्यसरी नै तिनको सिंहासन पनि सधैँ रहने बनाउनेछु।+
३० तिनका छोराहरूले मेरो व्यवस्था त्यागे
र तिनीहरू मेरो स्तरअनुसार* चलेनन् भने
३१ तिनीहरूले मेरा विधिविधान उल्लङ्घन गरे
र मेरा आज्ञाहरू पालन गरेनन् भने
३२ तिनीहरूको अनाज्ञाकारिताको* लागि म तिनीहरूलाई छडीले हिर्काउनेछु+
र तिनीहरूको गल्तीको लागि म तिनीहरूलाई कोर्रा लगाउनेछु।
३३ तर तिनीप्रतिको मेरो अटल प्रेम म कहिल्यै बिर्सनेछैनँ +
र मेरो प्रतिज्ञालाई कहिल्यै झूटो साबित हुन दिनेछैनँ।*
३५ मैले आफ्नो पवित्रताको नाममा सदाको लागि कसम खाएको छु;
म दाउदसित झूट बोल्दिनँ।+
३७ आकाशमा रहेको विश्वासयोग्य साक्षी जूनजस्तै
त्यो सदालाई स्थिर रहनेछ।” (सेला)
३८ तर तपाईँ आफैले तिनलाई हटाइदिनुभयो र त्याग्नुभयो।+
आफ्नो अभिषिक्त जनसित तपाईँ अत्यन्तै क्रोधित हुनुभयो।
३९ आफ्नो सेवकसित गरेको करारलाई तपाईँले तुच्छ ठान्नुभएको छ;
तिनको मुकुटलाई भुईँमा फ्याँकेर तपाईँले त्यसलाई बिटुलो पारिदिनुभएको छ।
४० तिनका सबै ढुङ्गाका पर्खाल* तपाईँले भत्काइदिनुभयो;
तिनका किल्लाहरू तपाईँले तहसनहस पारिदिनुभयो।
४१ त्यहाँबाट भएर जानेहरू सबैले तिनलाई लुटेका छन्;
तिनका छिमेकीहरूको नजरमा तिनी घृणाको पात्र भएका छन्।+
४२ तिनका शत्रुहरूलाई तपाईँले विजयी तुल्याउनुभएको छ;*+
तिनका दुस्मनहरूलाई तपाईँले रमाउने कारण दिनुभएको छ।
४३ साथै तपाईँले तिनको तरबारको विरोध गर्नुभयो,
तपाईँले तिनलाई युद्धको मैदानमा टिक्न दिनुभएन।
४४ तिनको गौरवको तपाईँले अन्त गरिदिनुभयो
र तिनको सिंहासनलाई जमिनमा हुर्ऱ्याइदिनुभयो।
४५ तिनको युवावस्थाको दिन तपाईँले घटाइदिनुभयो;
तपाईँले तिनलाई लाजको वस्त्र पहिऱ्याइदिनुभयो। (सेला)
४६ हे यहोवा, तपाईँ कतिन्जेल लुकिरहनुहुन्छ, सधैँभरि?+
के तपाईँको क्रोधको आगो सधैँभरि बलिरहन्छ?
४७ मेरो जीवन कत्ति छोटो छ, नबिर्सनुहोस्!+
तपाईँले मानिसजातिलाई कुनै उद्देश्य नराखी बनाउनुभएको हो र?
४८ यस्तो मानिस को छ, जो सधैँ बाँचिरहन्छ र कहिल्यै मर्दैन?+
के उसले आफूलाई मृत्युको पन्जाबाट* मुक्त गर्न सक्छ? (सेला)
४९ हे यहोवा, तपाईँको अटल प्रेमको कारण तपाईँले पहिले-पहिले गर्नुभएका कामहरू कहाँ गए?
आफ्नो वफादारीको कारण तपाईँले दाउदसित शपथ खानुभएका कुराहरू कहाँ गए?+
५० हे यहोवा, तपाईँका सेवकहरूको कसरी खिल्ली उडाइएको छ, सम्झनुहोस्।
जातिजातिले गरेको बेइज्जती मैले कसरी सहनुपरेको छ, हेर्नुहोस्;
५१ हे यहोवा, तपाईँका शत्रुहरूले कसरी तपाईँको अभिषिक्त जनको अपमान गरेका छन्, हेर्नुहोस्;
तिनले चालेको हरेक पाइलाको तिनीहरूले कसरी धज्जी उडाएका छन्, हेर्नुहोस्।
५२ यहोवाको सदा प्रशंसा होस्। आमिन, आमिन।+