भजनसङ्ग्रह
निर्देशकलाई; दाउदले रचेको भजन।
३१ हे यहोवा, मैले तपाईँमा शरण लिएको छु।+
म कहिल्यै लज्जित हुन नपरोस्।+
मेरो उद्धार गर्नुहोस् किनकि तपाईँ न्यायी हुनुहुन्छ।+
२ तपाईँको कान मतिर फर्काउनुहोस्।*
मेरो उद्धार गर्न झट्टै आउनुहोस्।+
मेरो लागि चट्टानमाथिको बलियो किल्ला बन्नुहोस्,
मलाई बचाउन बलियो गढ बन्नुहोस्।+
३ तपाईँ मेरा चट्टान र मेरा किल्ला हुनुहुन्छ;+
तपाईँले आफ्नो नामको खातिर+ मेरो अगुवाइ गर्नुहुनेछ र मलाई डोऱ्याउनुहुनेछ।+
६ व्यर्थका, बेकामका मूर्ति पुज्नेहरूलाई म घृणा गर्छु,
म त यहोवामा भरोसा राख्छु।
७ तपाईँको अटल प्रेमको कारण म खुसीयाली मनाउनेछु
किनकि तपाईँले मेरो दुःख देख्नुभएको छ;+
मेरो वेदना तपाईँलाई थाह छ।
८ तपाईँले मलाई शत्रुहरूको हातमा सुम्पनुभएको छैन
बरु मलाई सुरक्षित ठाउँमा* राख्नुभएको छ।
९ हे यहोवा, म सङ्कटमा परेको छु, मलाई अनुग्रह देखाउनुहोस्।
पीडाले गर्दा मेरा आँखा धमिला भएका छन्,+ मेरो पूरै शरीर कमजोर भएको छ।+
१० शोकले मेरो जीवनलाई खाएको छ;+
मेरा वर्षहरू सुस्केरामा बितेका छन्।+
मेरो गल्तीले गर्दा मेरो बल घटेको छ।
मेरा हड्डीहरू कमजोर भएका छन्।+
११ मेरा सबै विरोधी, खास गरी मेरा छिमेकीहरू
मेरो खिसी गर्छन्।+
मैले चिनेजानेका मानिसहरू मलाई देखेर तर्सिन्छन्;
मलाई बाटोघाटोमा देख्नेहरू मदेखि भाग्छन्।+
१२ मरेको मानिससरह तिनीहरूले मलाई आफ्नो मनबाट हटाएका छन्, मलाई बिर्सेका छन्।
म फुटेको भाँडो भएको छु।
१३ मैले थुप्रै झूटो हल्ला सुनेको छु;
मलाई त्रासले छोपेको छ।+
तिनीहरू सबै मविरुद्ध जम्मा हुन्छन्
र मेरो ज्यान लिन षड्यन्त्र रच्छन्।+
१५ मेरो जीवन तपाईँको हातमा छ।
मेरा शत्रुहरू र मलाई सताउनेहरूको हातबाट मलाई छुटाउनुहोस्।+
१६ तपाईँको सेवकमाथि तपाईँको मुहार चम्कोस्।+
तपाईँको अटल प्रेमको कारण मलाई जोगाउनुहोस्।
१८ झूट बोल्ने मुख बन्द होस्,+
जसले अहङ्कार, घमन्ड र घृणाले भरिएर धर्मीहरूको विरुद्धमा बोल्छ।
१९ तपाईँको भलाइ कत्ति अपार छ!+
त्यो तपाईँले आफ्नो डर मान्नेहरूका लागि साँचेर राख्नुभएको छ+
अनि तपाईँमा शरण लिनेहरूलाई तपाईँले सबैसामु भलाइ गर्नुभएको छ।+
२० तिनीहरूलाई मानिसहरूका षड्यन्त्रबाट बचाउन
तपाईँले तिनीहरूलाई आफू उपस्थित हुने गोप्य ठाउँमा लुकाउनुहुनेछ।+
घोच्ने बोलीको आक्रमणबाट बचाउन+
तपाईँले तिनीहरूलाई आफ्नो निवासस्थानमा लुकाउनुहुनेछ।
२१ यहोवाको प्रशंसा होस्
किनकि म सेनाले घेरिएको सहरमा+ हुँदा उहाँले मलाई अचम्मलाग्दो तरिकाले अटल प्रेम देखाउनुभएको छ।+