भजनसङ्ग्रह
४३ हे मेरा परमेश्वर, मेरो न्याय गर्नुहोस्,+
विश्वासघाती जातिको विरुद्धमा मेरो वकालत गरिदिनुहोस्।+
छली र दुष्ट मानिसहरूबाट मलाई छुटाउनुहोस्।
२ किनकि तपाईँ मेरा परमेश्वर, मेरा किल्ला हुनुहुन्छ।+
तपाईँले मलाई किन त्याग्नुभयो?
शत्रुहरूको थिचोमिचोको कारण म किन दुःखी भएर हिँड्नुपरेको छ?+
३ तपाईँको ज्योति र तपाईँको सत्यता पठाइदिनुहोस्।+
तिनैले मलाई डोऱ्याऊन्;+
तिनैले मलाई तपाईँको पवित्र डाँडामा र तपाईँको भव्य वासस्थानसम्म* पुऱ्याऊन्।+