अय्युब
२ एउटा दासझैँ ऊ शीतल छहारी खोजिरहन्छ,
ज्यालादारी नोकरझैँ आफ्नो ज्याला कुरिरहन्छ।+
३ मेरो जीवन पनि महिनौँदेखि व्यर्थ भएको छ,
कैयौँ रात मैले रोएर बिताएको छु।+
४ जब म ढल्कन्छु, तब आफैलाई सोध्छु,
‘अब कहिले ब्युँझने होला?’+
तर उज्यालो नहोउन्जेल म कोल्टे फेर्दै छटपटाइरहन्छु।
७ हे परमेश्वर! हेर्नुहोस्, मेरो जीवन त हावाको झोक्काजस्तै छ;+
मेरो आँखाले कहिल्यै सुदिन हेर्न पाउनेछैन।
८ मलाई देख्ने आँखाले फेरि कहिल्यै मलाई देख्नेछैन;
तपाईँको आँखाले मलाई धुइँधुइँती खोज्नेछ तर भेट्टाउनेछैन।+
११ त्यसैले म अब चुप लागेर बस्दिनँ।
म आफ्नो मनको सबै पीर-बेथा पोख्नेछु।
आफ्नो मनको तीतोपन व्यक्त गर्नेछु।+
१२ तपाईँ किन मलाई रुङ्नुहुन्छ?
म समुद्र वा समुद्रको विशाल जलजन्तु हुँ र?
१३ ‘म ओछ्यानमा आराम गर्छु,
पलङमा आफ्नो कष्ट बिसाउँछु’ भनेर सोच्दा
१४ तपाईँ सपनामा मलाई तर्साउनुहुन्छ,
डरलाग्दो दर्शन* देखाएर भयभीत पार्नुहुन्छ।
१५ त्यसैले बरु मेरो सास रोकियोस्।
यस्तो शरीर लिएर बाँच्नुभन्दा त मर्नु नै जाती।+
१६ म आफ्नो जीवनदेखि वाक्क भइसकेँ,+ अब म बाँच्न चाहन्नँ।
मलाई एक्लै छोडिदिनुहोस् किनकि मेरा दिनहरू क्षणभरका छन्।+
१७ मानिस के हो र?
तपाईँ किन त्यसमा यत्ति धेरै चासो लिनुहुन्छ?
किन त्यसलाई यत्ति धेरै ध्यान दिनुहुन्छ?+
१८ किन बिहानैपिच्छे त्यसलाई जाँच्नुहुन्छ?
अनि हरपल त्यसको परीक्षा गर्नुहुन्छ?+
१९ तपाईँ कहिलेसम्म ममाथि नजर राख्नुहुन्छ?
के तपाईँ मलाई थुक निल्ने समय पनि दिनुहुन्न?+
२० मानिसको एक-एक चाल जाँच्नुहुने परमेश्वर,
मैले पापै गरेको भए तापनि कसरी तपाईँको नोक्सानी भयो र?+
तपाईँ किन मलाई आफ्नो तारो बनाउनुहुन्छ?
के म तपाईँको निम्ति बोझ बनेँ?
२१ तपाईँ किन मेरो अपराध क्षमा गर्नुहुन्न?
अनि मेरो गल्ती माफ गर्नुहुन्न?
अब त म माटोमा मिल्नै लागिसकेँ।+
तपाईँले मलाई यताउता खोजे पनि भेट्टाउनुहुनेछैन।”