अय्युब
२६ त्यसपछि अय्युबले यस्तो जवाफ दिए:
२ “कमजोरहरूलाई तपाईँले खुब मदत गर्नुभयो!
निर्बल हातहरूलाई तपाईँले खुब सहायता गर्नुभयो!+
३ बुद्धि नभएकाहरूलाई तपाईँले खुब सल्लाह दिनुभयो!+
तपाईँले खुलेआम आफ्नो बुद्धि प्रकट गर्नुभयो, मानेँ तपाईँलाई!
४ तपाईँ कसलाई आफ्नो कुरा सुनाउन खोज्दै हुनुहुन्छ?
यस्ता कुराहरू बोल्न तपाईँलाई कसले प्रेरणा दियो?
५ मृत्युलाई हराउन नसक्नेहरू समुद्र र समुद्रका जीवहरूभन्दा पनि गहिराइमा छन्।
त्यहाँ पनि तिनीहरू थरथर काँप्छन्।
७ उहाँको सामर्थ्यले गर्दा उत्तरको आकाश अन्तरिक्षमा फैलिएको छ+
र पृथ्वी कुनै आडविना झुन्डिरहेको छ।
८ पानीको भारले बादल नफाटोस्+ भनेर
उहाँले पानीलाई बादलमा बेरेर राख्नुभएको छ।
९ आफ्नो सिंहासन कसैले देख्न नसकोस् भनेर
उहाँले बादलले आफ्नो सिंहासन ढाक्नुभएको छ।+
११ उहाँले हप्काउनुहुँदा स्वर्गका खम्बाहरूसमेत हल्लिन्छन्
र डरले चित खान्छन्।
१२ उहाँ आफ्नो शक्तिले समुद्रलाई हल्लाउनुहुन्छ+
१३ उहाँ आफ्नो सासले आकाशलाई सफा पार्नुहुन्छ
र वेगसित भागिरहेको सर्पलाई आफ्नो हातले छेँड्नुहुन्छ।
१४ हेर्नुहोस्! यी सब त उहाँका कामहरूको एक छेउ मात्र हो।+
हामीले त उहाँको मधुरो स्वर मात्र सुन्न पाएका छौँ।
त्यसोभए उहाँको भयानक गर्जन झन् कस्तो होला?”+