अय्युब
३३ “त्यसैले बिन्ती छ अय्युब, मेरो कुरा सुन्नुहोस्।
मेरो एक-एक कुरा ध्यान दिएर सुन्नुहोस्।
२ अब म नबोली बस्न सक्दिनँ।
मैले आफ्नो मुख खोल्नै पर्छ।
३ मेरो बोलीले म निष्कपट छु भनेर देखाउँछ।+
म आफूलाई थाह भएको कुरा इमानदार भएर बताउनेछु।
५ सक्नुहुन्छ भने मलाई जवाफ दिनुहोस्।
आफ्नो पक्षमा बोल्न तयार हुनुहोस् र आफ्ना तर्कहरू पेस गर्नुहोस्।
६ हेर्नुहोस्, परमेश्वरको नजरमा म पनि तपाईँजस्तै छु।
म पनि माटोबाटै बनाइएको हुँ।+
७ त्यसैले तपाईँ मसित रतीभर डराउनुपर्दैन।
मेरो कुराले तपाईँलाई आच्छु-आच्छु नपारोस्।
८ तर तपाईँले घरीघरी यसो भन्नुभएको मैले सुनेँ,
९ ‘म निर्दोष छु, मैले गल्ती गरेको छैनँ।+
म चोखो छु, मबाट भूल भएको छैन।+
१० तर परमेश्वर विभिन्न बहाना खोजेर मेरो विरोध गर्नुहुन्छ।
उहाँ मलाई आफ्नो शत्रु ठान्नुहुन्छ।+
११ उहाँ मेरो खुट्टा ठिँगुरोमा हालिदिनुहुन्छ
र मेरो हर कदम नियाल्नुहुन्छ।’+
१२ तर तपाईँको यो कुरा सरासर गलत हो। त्यसैले मेरो कुरा सुन्नुहोस्:
मरिजाने मानिसभन्दा परमेश्वर कता हो कता महान् हुनुहुन्छ।+
१३ तपाईँ किन उहाँको गुनासो गर्नुहुन्छ?+
उहाँले तपाईँका प्रश्नहरूको जवाफ दिनुभएन भनेर हो?+
१४ वास्तवमा परमेश्वर बारम्बार बोल्नुहुन्छ
तर कसैले वास्ता गर्दैन।
१५ जब रातमा मानिसहरू आफ्नो ओछ्यानमा ढल्किरहेका हुन्छन्
र गहिरो निद्रामा मस्त हुन्छन्,
१६ उहाँ तिनीहरूको कान खोलिदिनुहुन्छ+
र आफ्नो निर्देशन तिनीहरूको मनमा ठप्प राखिदिनुहुन्छ।*
१७ मानिसले गलत काम गर्न छोडोस्+
र आफ्नो घमन्ड त्यागोस् भनेर उहाँ त्यसो गर्नुहुन्छ।+
१९ जब मानिस पीडाले छटपटाउँदै आफ्नो ओछ्यानमा पल्टन्छ
र पीडाले उसका हड्डीहरू कटकटी खान्छ, तब उसले पाठ सिक्छ।
२० उसलाई खानेकुरादेखि घिन लाग्न थाल्छ
र मीठो परिकारसमेत उसले खान मन गर्दैन।+
२१ उसको शरीर सुक्दै जान्छ।
अनि उसका हड्डीहरूसमेत देखिन थाल्छन्।
२२ ऊ बिस्तारै चिहानको नजिक-नजिक पुग्छ
र उसको ज्यान लिन खोज्नेहरूको नजिक पुग्छ।
२३ तर यदि उसलाई सही बाटो देखाउन
हजारमा एक दूत* उसको पक्षमा खडा भयो
र उसको तर्फबाट बोलिदिन राजी भयो भने
२४ परमेश्वरले त्यस मानिसलाई दया देखाउनुहुनेछ र यसो भन्नुहुनेछ,
‘उसलाई चिहानमा पुग्न नदेऊ!+
मैले उसको निम्ति फिरौती पाएको छु!+
२६ उसले परमेश्वरलाई बिन्ती गर्नेछ+ र उहाँले उसलाई स्विकार्नुहुनेछ।
परमेश्वरको अनुहार हेर्न पाउँदा ऊ खुसीले कराउनेछ
र ऊ पहिलेझैँ धर्मी ठहरिनेछ।
२७ उसले मानिसहरूको अगाडि यसो भन्नेछ,
‘मैले पाप गरेँ + र सही बाटोलाई लत्याएँ।
तर मैले आफ्नो गल्तीको सजाय भोग्नुपरेन।*
२८ परमेश्वरले फिरौती तिरेर मलाई चिहानमा जानदेखि जोगाउनुभएको छ।+
अब मैले ज्योति देख्न पाउनेछु।’
२९ हो, परमेश्वर यी सब गर्नुहुन्छ।
मानिसको लागि उहाँ बारम्बार यसो गर्नुहुन्छ।
३० मानिसलाई चिहानको मुखबाट फिर्ता ल्याउन
र उसले फेरि जीवनको ज्योति पाओस् भनेर उहाँ त्यसो गर्नुहुन्छ।+
३१ त्यसैले अय्युब, मेरो कुरा ध्यानसित सुन्नुहोस्।
मैले बोल्दै गर्दा पहिला चुपचाप मेरो कुरा सुन्नुहोस्।
३२ त्यसपछि तपाईँलाई केही भन्न मन लागेको छ भने भन्नुहोस्।
किनकि म तपाईँलाई सही साबित गर्न चाहन्छु।
३३ तर तपाईँसँग भन्नलाई केही छैन भने मेरो कुरा सुन्नुहोस्।
चुपचाप बस्नुहोस् र म तपाईँलाई बुद्धिका कुरा सिकाउनेछु।”