भजनसङ्ग्रह
भाग तीन
(भजन ७३-८९)
आसापले रचेको भजन।+
७३ परमेश्वर इस्राएलको लागि, चोखो मन भएकाहरूको लागि साँच्चै भलो हुनुहुन्छ।+
२ तर मेरा खुट्टाहरूले बाटो बिराउनै लागेका थिए;
मेरा पाइलाहरू झन्डै चिप्लेका थिए।+
६ त्यसैले घमन्ड तिनीहरूको गलाको हार बनेको छ;+
तिनीहरू हिंसाको वस्त्र पहिरिन्छन्।
७ दुष्टहरू सुखविलासको जीवन बिताइरहेका छन् र तिनीहरू मोटाएका छन्।*
तिनीहरूले आफ्नो मनले चिताएको भन्दा धेरै हासिल गरेका छन्।
९ तिनीहरू यसरी कुरा गर्छन्, मानौँ, तिनीहरू आकाशजत्तिकै उच्च छन्,
तिनीहरूको जिब्रो पृथ्वीमा धाक लगाउँदै हिँड्छ।
१० त्यसैले उहाँका मानिसहरू तिनीहरूतिर फर्कन्छन्
र तिनीहरूले दिने प्रशस्त पानी पिउँछन्।
११ तिनीहरू भन्छन्: “परमेश्वरले कसरी जान्नुहुन्छ र?+
सर्वोच्च परमेश्वरलाई साँच्चै थाह हुन्छ र?”
१३ मैले बेकारमा आफ्नो हृदय चोखो राखेछु
र निर्दोषतामा आफ्नो हात धोएछु।+
१५ तर यदि मैले यी कुरा भनेको भए
मैले तपाईँका मानिसहरूलाई धोका दिएको हुने थिएँ।
१६ मैले यी कुरा बुझ्न खोज्दा
म व्याकुल भएँ।
१७ तर परमेश्वरको शानदार पवित्र स्थानमा* पसेपछि
र ती दुष्टहरूको भविष्य कस्तो हुन्छ भनी बुझेपछि म व्याकुल हुन छोडेँ।
१८ निश्चय नै तपाईँले तिनीहरूलाई चिप्लो ठाउँमा राख्नुभएको छ।+
तिनीहरू नाश होऊन् भनी तपाईँ तिनीहरूलाई लडाउनुहुन्छ।+
१९ हेर! तिनीहरू अचानक नष्ट हुन्छन्।+
डरलाग्दो तरिकाले तिनीहरू अकस्मात् नाश हुन्छन्!
२० निद्राबाट ब्युँझिएपछि सपनामा देखेको कुरा बिर्सिएजस्तै
हे यहोवा, तपाईँ जाग्नुभएपछि तपाईँले तिनीहरूलाई सम्झनुहुनेछैन।*
२२ म मूर्ख थिएँ र ममा समझको कमी थियो;
म तपाईँसामु निर्बुद्धि पशुजस्तै थिएँ।
२५ मलाई मदत गर्ने तपाईँबाहेक स्वर्गमा को छ र?
तपाईँ मेरो साथमा होउन्जेल मलाई पृथ्वीमा अरू केही कुरा चाहिँदैन।+