भजनसङ्ग्रह
दाउदले रचेको भजन।
११० यहोवाले मेरा प्रभुलाई भन्नुभयो:
“तिमी मेरो दाहिने हाततिर बस,+
जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ।”+
२ यहोवाले सियोनबाट तिम्रो शक्तिको राजदण्ड यसो भन्दै तेर्स्याउनुहुनेछ:
“जाऊ, आफ्ना शत्रुहरूको बीचमा गएर तिनीहरूमाथि अधिकार गर।”+
३ जुन दिन तिमी आफ्नो सेना लिएर युद्धमा जान्छौ, तिम्रा मानिसहरू राजीखुसीले तयार हुनेछन्।
तिम्रो साथमा जवानहरूको दल हुनेछ, जसमा पवित्रताको तेज चम्कन्छ,
जो उषाको गर्भबाट निस्कने शीतका थोपाहरूजस्तै हुन्छन्।
६ राष्ट्र-राष्ट्रलाई* उहाँले दण्ड दिनुहुनेछ;+
देशभरि जताततै लासको थुप्रो लगाउनुहुनेछ।+
उहाँले विशाल देशको* नेतालाई कुल्चिनुहुनेछ।
७ उसले* बाटोछेउको खोलाबाट पानी पिउनेछ
अनि आफ्नो शिर गर्वले ठाडो पार्नेछ।