यसैया
२४ हेर! यहोवाले भूमिलाई* निर्जन र उजाड पार्नुहुनेछ।+
उहाँले त्यसलाई पल्टाउनुहुनेछ+ र त्यसका बासिन्दाहरूलाई तितरबितर पारिदिनुहुनेछ।+
२ कोही पनि उम्कन पाउनेछैन:
न मानिसहरू न पुजारी
न नोकर न मालिक
न नोकर्नी न मालिक्नी
न बेच्ने न किन्ने
न सापटी दिने न सापटी लिने
न ऋण दिने न ऋण लिने।+
४ भूमिले विलाप गर्दै छ;*+ त्यो नाश भएर जाँदै छ।
उर्वर भूमि ओइलाउँदै छ; त्यसको नामोनिसान मेटिँदै छ।
देशका ठूलाबडा मानिसहरू कमजोर हुँदै छन्।
५ देशलाई त्यहाँकै बासिन्दाहरूले दूषित पारिदिएका छन्+
किनकि तिनीहरूले व्यवस्था उल्लङ्घन गरेका छन्।+
नियमहरूलाई बदलेका छन्+
६ त्यसैले सरापले भूमिलाई कप्लक्कै निलेको छ+
र त्यहाँका बासिन्दाहरू दोषी ठहरिएका छन्।
त्यसैले देशका बासिन्दाहरू घट्दै गएका छन्
र असाध्यै थोरै मानिस मात्र बाँकी रहेका छन्।+
७ नयाँ रक्सीले शोक मनाउँदै छ;* अङ्गुरको बोट ओइलाएको छ।+
मनमा खुसी हुनेहरू सबै सुस्केरा हाल्दै छन्।+
८ खैँजडीको खुसीयाली बन्द भएको छ।
मोजमस्ती गर्नेहरूको हल्लाखल्ला बन्द भएको छ।
वीणाले खुसीको धुन दिन छोडेको छ।+
९ रक्सी पिउँदा तिनीहरू कोही पनि गाउँदैनन्।
रक्सी खानेहरूलाई त्यसको स्वाद तीतो लाग्न थालेको छ।
१० उजाड पारिएको सहर भत्काइएको छ।+
कोही पनि भित्र नपसोस् भनेर हरेक घरको ढोका थुनिएको छ।
११ रक्सी नपाएकोले मानिसहरू बाटो-बाटोमा चिच्याइरहेका छन्।
कतै पनि खुसीयाली छैन।
सारा देशको रमाहट बिलाएर गएको छ।+
१२ सहर खण्डहरमा बदलिएको छ।
सहरको मूलढोका टुक्राटुक्रा पारिएको छ।+
१३ किनकि जातिजातिका मानिसहरूमाझ देशको हालत
फल झारिसकेपछि दुई-चार दाना फल बाँकी भएको जैतुनको रूखजस्तै+
अनि कटनीपछि फाट्टफुट्ट फल बाँकी रहेको अङ्गुरको बोटजस्तै हुनेछ।+
१४ तिनीहरू ठूलो स्वरले कराउनेछन्।
तिनीहरू खुसीले चिच्याउनेछन्।
१५ अनि पूर्वमा* तिनीहरूले यहोवाको महिमा गर्नेछन्।+
समुद्रका टापुहरूमा तिनीहरूले इस्राएलका परमेश्वर यहोवाको नामको जयजयकार गर्नेछन्।+
१६ पृथ्वीको कुनाकुनाबाट यस्तो गीत सुनिन्छ:
“न्यायी परमेश्वरको महिमा होस्!”+
तर म भन्छु: “म कमजोर हुँदै छु! म कमजोर हुँदै छु!
धिक्कार छ मलाई! छलकपट गर्नेले छलकपट गर्दै छ;
छलकपट गर्नेले छलकपट गर्दै छ!”+
१७ ए देशका बासिन्दाहरू हो! डर, खाडल र पासोले तिमीहरूलाई पर्खिरहेको छ।+
१८ जो डरलाग्दो आवाजदेखि भाग्छ, त्यो खाडलमा पर्नेछ
अनि जो खाडलबाट निस्केर आउँछ, त्यो पासोमा पर्नेछ।+
किनकि आकाशका पानीका मूलहरू फुट्नेछन्
र पृथ्वीका जगहरू हल्लिनेछन्।
२० त्यो रक्सी लागेको मान्छेझैँ लरखराउँदै छ;
आँधीले दायाँबायाँ हल्लाएको झुपडीझैँ भएको छ;
त्यो आफ्नो पापको गह्रौँ भारीले थिचिएको छ;+
त्यो लड्नेछ अनि फेरि कहिल्यै उठ्नेछैन।
२१ त्यो दिन यहोवाले माथि आकाशका सेना
र तल पृथ्वीका राजाहरूलाई सजाय दिनुहुनेछ।
२२ कैदीहरूलाई खाडलमा जम्मा गरिएझैँ
तिनीहरूलाई एकसाथ जम्मा गरिनेछ।
तिनीहरू कालकोठरीमा थुनिनेछन्।
अनि धेरै दिनपछि तिनीहरूको लेखा लिइनेछ।