उकालीको गीत। दाउदको रचना।
१३३ हेर! दाजुभाइहरू आपसमा मिलेर बस्नु
कत्ति असल र मनोहर कुरा हो!+
२ त्यो त हारुनको शिरमा खन्याइएको
उत्तम तेलजस्तै हुन्छ,+
जुन तिनको दाह्रीबाट बगेर+
तिनको लुगाको कठालोसम्मै पुग्छ।
३ सियोनका पहाडहरूमा झर्ने+
हर्मोनको शीतजस्तै हुन्छ,+
जहाँ यहोवाले आशिष्को घोषणा गर्नुभयो
—अनन्त जीवनको आशिष्।