भजनसङ्ग्रह
भाग दुई
(भजन ४२-७२)
निर्देशकलाई; कोरहवंशीको मास्किल।*+
४२ जसरी मृगले पानीको तिर्सना गर्छ,
त्यसरी नै हे परमेश्वर, म तपाईँको तिर्सना गर्छु।
२ परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति म तिर्खाउँछु।+
उहाँसामु म कहिले देखा परूँला?+
३ दिनरात बगेको आँसुको धारा नै मेरो भोजन भएको छ;
हरपल मानिसहरू गिल्ला गर्दै भन्छन्: “खै त तेरो ईश्वर?”+
४ ती दिनहरूको सम्झनाले मेरो मन कटक्क खान्छ,
जब म मानिसहरूको जमातमा हिँड्थेँ,
खुसी मनाउँदै अनि परमेश्वरको जयजयकार गर्दै,
उत्सव मनाउने भीडसँग रमाउँदै
परमेश्वरको घरमा तिनीहरूको अघिअघि म बिस्तारै जान्थेँ।+
यो मन किन यत्ति व्याकुल छ?
परमेश्वरमा आशा राख+
किनकि अझै पनि म उहाँलाई महान् उद्धारकको रूपमा प्रशंसा गर्छु।+
६ हे मेरा परमेश्वर, म असाध्यै निराश छु।+
त्यसैले म तपाईँलाई सम्झन्छु,+
यर्दन नदीको देशबाट र हर्मोन डाँडाको टाकुराबाट
अनि मिजार डाँडाबाट।*
७ छङछङ गर्दै झर्ने तपाईँको छाँगोको ठूलो आवाज सुनेर
गहिरो सागरले गहिरो सागरलाई पुकार्छ।
तपाईँका उर्लँदो छालहरूले मलाई छोपेका छन्।+
८ दिनमा यहोवा परमेश्वरले मलाई करुणा देखाउनुहुन्छ,
रातमा म उहाँबारे गीत गाउँछु—जीवन दिनुहुने परमेश्वरलाई म प्रार्थना गर्छु।+
९ मेरा परमेश्वर, मेरा चट्टानलाई म भन्छु:
“तपाईँले मलाई किन बिर्सनुभयो?+
शत्रुहरूको थिचोमिचोको कारण म किन दुःखी भएर हिँड्नुपरेको छ?”+
१० शत्रुहरूले गिल्ला गर्दा मेरो हड्डी नै चुरचुर भएझैँ लाग्छ;
हरपल तिनीहरू गिल्ला गर्दै यसो भन्छन्: “खै त तेरो ईश्वर?”+