श्रेष्ठगीत
२ “युवतीहरूमाझ कसैसित दाँज्न नमिल्ने मेरी प्रेयसी
काँडेझारहरूबीच फक्रने लिली फूलजस्तै छे।”
३ “युवकहरूमाझ कसैसित दाँज्न नमिल्ने मेरो प्रेमी
जङ्गलका रूखहरूबीच पलाएको स्याउको बोटजस्तै छ,
जसको छायामुनि बस्न मेरो मन हतारिन्छ,
जसको फल मलाई साह्रै मीठो लाग्छ।
४ उसले मलाई ठूलो भोजमा लग्यो,
उसको माया कसैको नजरबाट लुक्न सकेन।
मैले नचाहेसम्म ममा प्रेमराग जगाउने कोसिस नगर।+
८ मैले मेरो प्रेमीको स्वर सुनेँ!
हेर, ऊ आउँदै छ,
पहाड उक्लँदै र डाँडा छिचोल्दै ऊ आउँदै छ।
९ मेरो प्रेमी मृगजस्तै र घोर्ले जरायोजस्तै छ।+
हेर त, ऊ हाम्रो पर्खालबाहिर उभिरहेको छ।
झ्यालबाट एकटक लाएर हेर्दै छ,
आँखीझ्यालबाट चियाउँदै छ।
१० मेरो प्रेमीले मलाई बोलाउँदै छ:
‘उठ! मेरी प्रेयसी,
हे मेरी सुन्दरी, आऊ, सँगै जाऔँ।
११ हेर, हिउँद* कटिसक्यो;
पानी पर्न पनि बन्द भइसक्यो।
१३ अन्जिरको बोटमा पहिलो बेत पाक्न थालिसक्यो;+
अङ्गुरको बोटमा कोपिला फक्रिसकेको छ र त्यसको मगमग बास्ना चारैतिर फैलँदै छ।
उठ, मेरी प्रेयसी!
हे मेरी सुन्दरी, आऊ, सँगै जाऔँ।
१४ चट्टान र पहरामा लुकेकी, हे मेरी ढुकुर!+
बाहिर निस्क, मदेखि नलुक,
मलाई तिम्रो मुहार देखाऊ र तिम्रो स्वर सुनाऊ,+
तिम्रो स्वर मीठो छ र तिम्रो रूप सुन्दर।’”+
१५ “हाम्रो अङ्गुरको बगानमा भर्खरै फूल फुल्न थालेको छ,
बगानलाई बिगार्ने फ्याउराहरूलाई पक्र,
ती चकचके फ्याउराहरूलाई समात।”
१६ “मेरो प्रेमी मेरै हो र म उसकी!+
लिली फूलहरूमाझ+ ऊ बगाल चराउँदै छ।+
१७ मन्दमन्द बतास चल्नुअघि अनि घामको छाया बिलाउनुअघि
हे मेरो प्यारा, फर्केर आऊ।
हामीबीच तेर्सिएका यो बिछोडको पहाडलाई*