लेवी
१६ हारुनका दुई छोराको मृत्युपछि यहोवा परमेश्वरले मोसालाई केही नियम दिनुभयो। उनीहरू अनुचित तरिकामा यहोवा परमेश्वरसामु गएकोले मरेका थिए।+ २ यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “तिम्रो दाइ हारुनलाई पर्दापछाडि+ महापवित्र कोठामा* राखिएको करारको सन्दुकको* ढकनीअगाडि आफूखुसी नआउनू भन+ नत्र त ऊ मर्नेछ+ किनकि म त्यस ढकनीमाथि+ बादलमा देखा पर्छु।+
३ “महापवित्र कोठामा पस्नुअघि हारुनले पापभेटीको निम्ति एउटा बहर+ र अग्निभेटीको निम्ति एउटा थुमा ल्याऊन्।+ ४ त्यसपछि उनले मलमलको* लामो लुगा+ लगाऊन् र आफ्नो नग्नता ढाक्न मलमलको छोटो सुरुवाल*+ लगाऊन्। अनि मलमलको पटुका+ कसून्। त्यसपछि उनले आफ्नो टाउकोमा मलमलको फेटा+ बाँधून्। यी पवित्र पोसाक हुन्।+ उनले नुहाएपछि+ मात्र यी पोसाक लगाऊन्।
५ “उनले इस्राएलीहरूको समुदायबाट पापभेटीको निम्ति बाख्राको दुई वटा पाठो र अग्निभेटीको निम्ति एउटा थुमा ल्याऊन्।+
६ “त्यसपछि हारुनले आफ्नो निम्ति पापभेटीको बहर चढाऊन् अनि आफू+ र आफ्नो घरानाको निम्ति प्रायश्चित गरून्।
७ “त्यसपछि उनले बाख्राका ती दुई वटा पाठोलाई भेट हुने पालको* प्रवेशद्वारमा यहोवा परमेश्वरसामु राखून्। ८ उनले ती दुई वटा पाठोको लागि गोला हालून्। त्यसपछि कुनचाहिँ पाठो यहोवा परमेश्वरलाई चढाउनको निम्ति हो र कुनचाहिँ पाठो अजाजेलको* निम्ति हो, छुट्ट्याऊन्। ९ हारुनले यहोवा परमेश्वरको भागमा परेको पाठोलाई ल्याऊन्+ र त्यसलाई पापभेटीको रूपमा चढाऊन्। १० तर अजाजेलको निम्ति छुट्ट्याइएको पाठोलाई चाहिँ जिउँदै यहोवा परमेश्वरसामु ल्याऊन् अनि प्रायश्चितको निम्ति गरिने सबै प्रक्रिया पूरा गरेर त्यसलाई निर्जनभूमिमा छोडिदेऊन्।+
११ “हारुनले आफ्नो निम्ति पापभेटीको बहर ल्याऊन् अनि आफू र आफ्नो घरानाको निम्ति प्रायश्चित गरून्; त्यसपछि उनले आफ्नो निम्ति पापभेटीको त्यो बहर काटून्।+
१२ “त्यसपछि उनले धुपौरो लेऊन्।+ त्यो धुपौरोमा यहोवा परमेश्वरसामु राखिएको वेदीबाट निकालिएको बलिरहेको कोइला भरिएको होस्।+ उनले दुई मुठी सुगन्धित धूप पनि लेऊन्।+ त्यसपछि ती लिएर पर्दाभित्र जाऊन्।+ १३ अनि उनले यो धूप यहोवा परमेश्वरसामु आगोमाथि राखून्+ अनि यसबाट निस्केको धुवाँले करारको सन्दुकको+ ढकनी+ पूरै ढाकोस्। यी कुराहरू नगरेमा उनी मर्नेछन्।
१४ “उनले बहरको अलिकति रगतमा आफ्नो औँला चोपून्+ र सन्दुकको ढकनीको अगाडि पूर्वपट्टि छर्कून्। उनले आफ्नो औँलाले त्यो रगत ढकनीको अगिल्तिर सात पल्ट छर्कून्।+
१५ “त्यसपछि उनले समुदायको पापको निम्ति पापभेटीको पाठो काटून्+ र त्यसको रगत+ पर्दाभित्र+ महापवित्र कोठामा ल्याएर बहरको रगतलाई जसो गरिएको थियो, त्यसै गरून्। उनले त्यो रगत सन्दुकको ढकनीअगाडि छर्कून्।
१६ “इस्राएलीहरूको अशुद्ध काम, तिनीहरूको गल्ती र पापले+ गर्दा महापवित्र कोठा अपवित्र नहोस् भनेर उनले त्यसको निम्ति प्रायश्चित गरिदेऊन् अनि अशुद्ध काम गर्ने इस्राएलीहरूमाझ भएको भेट हुने पालको निम्ति पनि उनले त्यसरी नै प्रायश्चित गरिदेऊन्।
१७ “प्रायश्चित गर्नको लागि उनी महापवित्र कोठामा पसेदेखि बाहिर ननिस्कुन्जेल भेट हुने पालमा अरू कोही मानिस नहोस्। उनले आफू र आफ्नो घरानाको निम्ति+ अनि सारा इस्राएली समुदायको निम्ति प्रायश्चित गरिदेऊन्।+
१८ “त्यसपछि उनी पालबाट निस्केर यहोवा परमेश्वरसामु भएको वेदीमा आऊन्+ र वेदीको निम्ति प्रायश्चित गरिदेऊन्; उनले बहरको अलिकति रगत र बाख्राको पाठोको अलिकति रगत लिएर वेदीको चारैतिरका सिङहरूमा लगाइदेऊन्। १९ साथै उनले अलिकति रगतमा आफ्नो औँला चोपेर वेदीमा सात पल्ट छर्कून् र त्यसलाई इस्राएलीहरूको अशुद्ध कामबाट शुद्ध पारून्।
२० “महापवित्र कोठा, भेट हुने पाल र वेदीको निम्ति प्रायश्चित गरिसकेपछि+ उनले जिउँदो पाठो ल्याऊन्।+ २१ हारुनले त्यो जिउँदो पाठोको टाउकोमा आफ्नो दुवै हात राखेर इस्राएलीहरूको सबै गल्ती र पाप स्विकारून् र ती सबै त्यस पाठोको टाउकोमा थोपरिदेऊन्।+ अनि पहिल्यै छानिएको मानिसको साथमा त्यस पाठोलाई निर्जनभूमिमा पठाइदेऊन्। २२ यसरी हारुनले त्यस पाठोलाई निर्जनभूमिमा पठाउनेछन्+ र त्यस पाठोले इस्राएलीहरूको सारा पाप निर्जनभूमिमा+ बोकेर लैजानेछ।+
२३ “त्यसपछि हारुन भेट हुने पालमा पसून् र महापवित्र कोठाभित्र जाँदा लगाएको मलमलको पोसाक फुकालून्। २४ अनि उनले एउटा पवित्र ठाउँमा नुहाऊन्+ र अर्को लुगा लगाऊन्।+ त्यसपछि उनले आफ्नो निम्ति अग्निभेटी+ चढाउनुका साथै समुदायको निम्ति पनि अग्निभेटी चढाऊन्+ अनि आफ्नो निम्ति र समुदायको निम्ति प्रायश्चित गरून्।+ २५ त्यसपछि उनले पापभेटीको बोसो वेदीमा जलाऊन्।
२६ “अजाजेलको पाठोलाई+ निर्जनभूमिमा छोडेर आउने मानिसले आफ्नो लुगा धोओस् र नुहाओस्। त्यसपछि ऊ छाउनीमा आउन सक्छ।
२७ “अनि प्रायश्चितको निम्ति पापभेटीको रूपमा जुन बहर र पाठोको रगत महापवित्र कोठामा ल्याइएको थियो, ती बहर र पाठोलाई छाउनीबाहिर लगियोस्। त्यसपछि तिनीहरूको छाला, मासु र गोबर आगोमा जलाइयोस्।+ २८ ती चिजहरू जलाउने मानिसले आफ्नो लुगा धोओस् र नुहाओस्। त्यसपछि ऊ छाउनीमा आउन सक्छ।
२९ “तिमीहरूले यो नियम सधैँ पालन गर्नू: चाहे स्वदेशी होस् वा तिमीहरूमाझ बसोबास गरिरहेका विदेशी, सातौँ महिनाको दसौँ दिन तिमीहरूले आफूले गरेको पापको लागि दुःख मनाउनू* र त्यो दिन कसैले कुनै काम नगर्नू।+ ३० त्यो दिन तिमीहरूको निम्ति प्रायश्चित गरिनेछ+ र तिमीहरू शुद्ध हुनेछौ। तिमीहरू यहोवा परमेश्वरसामु सबै पापबाट शुद्ध हुनेछौ।+ ३१ यो तिमीहरूको लागि विश्रामदिन* हो, पूरै आराम गर्ने दिन। त्यो दिन तिमीहरूले आफूले गरेको पापको लागि दुःख मनाउनू।+ तिमीहरूले यो नियम सधैँ पालन गर्नू।
३२ “जो पुजारी अभिषेक हुन्छन्+ र जो आफ्नो बुबाको ठाउँमा+ पुजारीको रूपमा सेवा गर्न नियुक्त हुन्छन्,+ उनले नै प्रायश्चित गर्ने काम गरून् र मलमलको पोसाक+ अर्थात् पवित्र पोसाक लगाऊन्।+ ३३ उनले महापवित्र कोठा,+ भेट हुने पाल+ र वेदीको+ निम्ति प्रायश्चित गरिदेऊन् अनि पुजारीहरू र सारा समुदायका निम्ति पनि प्रायश्चित गरिदेऊन्।+ ३४ वर्षको एक पटक इस्राएलीहरूको सबै पाप प्रायश्चित गरिदिन+ तिमीले यो नियम सधैँ पालन गर्नू।”+
यहोवा परमेश्वरले मोसालाई आज्ञा गर्नुभएअनुसारै हारुनले गरे।