हिब्रू
८ हामीले भन्न चाहेको मुख्य कुरा यही हो: हाम्रो प्रधानपुजारी यस्तो हुनुहुन्छ+ र उहाँ स्वर्गमा परमेश्वरको सिंहासनको दाहिने हाततिर बस्नुभएको छ+ २ अनि पवित्र ठाउँ र साँचो पालको सेवक* हुनुहुन्छ,+ जुन पाल मानिसले होइन तर यहोवा* परमेश्वरले टाँग्नुभएको हो। ३ किनकि हरेक प्रधानपुजारी भेटी र बलिदान दुवै चढाउन नियुक्त भएका हुन्छन्। त्यसैले उहाँसित पनि चढाउनको लागि केही हुनु आवश्यक थियो।+ ४ उहाँ पृथ्वीमा हुनुभएको भए पुजारी हुनुहुने थिएन+ किनकि मोसाको व्यवस्थाबमोजिम भेटी चढाउने पुजारीहरू यहाँ पहिल्यैदेखि छन्। ५ पवित्र सेवा चढाइरहेका ती पुजारीहरू स्वर्गका कुराहरूको नमुना र छाया हुन्;+ जस्तो कि मोसाले पनि पाल बनाउन लाग्दा परमेश्वरबाट यस्तो आज्ञा पाएका थिए: “हेर, मैले तिमीलाई डाँडामा देखाएको नमुनाअनुसारै तिमीले यी सबै दुरुस्त बनाउनू।”+ ६ तर अब येसुलाई योभन्दा अझ उत्कृष्ट सेवाको* लागि ठहराइएको छ किनकि उहाँ त्यस उत्तम करारको मध्यस्थकर्ता+ पनि हुनुहुन्छ,+ जुन करार उत्तम प्रतिज्ञाहरूको आधारमा कानुनी रूपमा गरिएको छ।+
७ त्यो पहिलो करार त्रुटिरहित भएको भए दोस्रोको आवश्यकता नै हुने थिएन।+ ८ किनकि उहाँ यसो भनेर मानिसहरूलाई दोषी ठहराउनुहुन्छ: “‘हेर, यस्ता दिनहरू आउँदै छन्,’ यहोवा* भन्नुहुन्छ, ‘जब म इस्राएलको घराना र यहुदाको घरानासित नयाँ करार गर्नेछु। ९ त्यो करार मैले तिनीहरूका पुर्खाहरूलाई हात समाएर मिश्र देशबाट बाहिर ल्याउँदा+ तिनीहरूसित गरेको करारजस्तो हुनेछैन किनकि तिनीहरूले मेरो करार भङ्ग गरेकोले मैले तिनीहरूको वास्ता गर्न छोडिदिएँ,’ यहोवा* भन्नुहुन्छ।
१० “‘ती दिनहरूपछि इस्राएलको घरानासित मैले गर्ने करार यही हो,’ यहोवा* भन्नुहुन्छ। ‘मेरा नियमहरू म तिनीहरूको दिमागमा राखिदिनेछु र तिनीहरूको हृदयमा ती लेखिदिनेछु।+ अनि म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्।+
११ “‘तिनीहरूमध्ये कसैले पनि आफ्नो देशवासीलाई र आफ्नो दाजुभाइलाई यसो भनेर सिकाउनेछैन: “यहोवालाई* चिन!” किनकि तिनीहरू सबैले अर्थात् सानादेखि ठूला सबैले मलाई चिन्नेछन्। १२ किनकि म तिनीहरूका खराब कामहरू माफ गरिदिनेछु र फेरि कहिल्यै तिनीहरूका पापहरू सम्झनेछैनँ।’”+
१३ यसलाई “नयाँ करार” भनेर उहाँले पुरानोलाई रद्द गर्नुभयो।+ अब जसलाई रद्द गरिएको छ र जुन पुरानो हुँदै गएको छ, त्यो चाँडै नामेट हुन लागेको छ।+