यसैया
२ जुन कुराले पेट भरिँदैन, त्यसको लागि किन पैसा खर्च गर्छौ?
जुन कुराले सन्तुष्टि दिँदैन, त्यसको लागि किन आफ्नो कमाइ* खेर फाल्छौ?
मेरो कुरा ध्यान दिएर सुन, तब तिमीहरूले असल-असल थोक खान पाउनेछौ।+
अनि मीठामीठा थोक खाएर तिमीहरू तृप्त हुनेछौ।+
३ मकहाँ आओ र आफ्नो कान थापेर सुन।+
मेरो कुरा सुन, तब तिमीहरू बाँचिरहनेछौ।
म तिमीहरूसित कहिल्यै नटुट्ने करार गर्नेछु।+
मैले दाउदलाई प्रतिज्ञा गरेअनुसारै म अटल प्रेम देखाउनेछु।
यो प्रतिज्ञा भरोसायोग्य छ।+
४ हेर! जातिजातिका मानिसहरूलाई साक्षी दिन मैले उसलाई नियुक्त गरेको छु,+
जातिजातिका मानिसहरूको लागि मैले उसलाई अगुवा+ र शासक बनाएको छु।+
५ “हेर!* चिन्दै नचिन्ने जातिलाई तिमीले बोलाउनेछौ।
तिमीलाई चिन्दै नचिनेको जातिका मानिसहरू तिमीकहाँ दौडँदै आउनेछन्।
तिम्रा परमेश्वर यहोवा, इस्राएलका पवित्र परमेश्वरको खातिर तिनीहरूले त्यसो गर्नेछन्+
किनकि उहाँले तिमीलाई महिमित तुल्याउनुहुनेछ।+
७ दुष्ट मानिसले आफ्नो दुष्ट चाल त्यागोस्;+
खराब काम गर्नेले आफ्नो खराब विचार त्यागोस्।
ऊ यहोवाकहाँ फर्कोस् र उहाँले उसलाई कृपा देखाउनुहुनेछ।+
ऊ हाम्रा परमेश्वरकहाँ आओस् किनकि उहाँले उसलाई खुला मनले क्षमा गर्नुहुनेछ।”+
८ यहोवा घोषणा गर्नुहुन्छ, “मेरो विचार तिमीहरूको विचारभन्दा फरक छ।+
अनि तिमीहरूको मार्ग मेरो मार्गभन्दा फरक छ।
९ जसरी आकाश धर्तीभन्दा उच्च छ,
त्यसैगरि मेरो मार्ग तिमीहरूको मार्गभन्दा
र मेरो विचार तिमीहरूको विचारभन्दा उच्च छ।+
१० जसरी आकाशबाट पानी र हिउँ परेपछि त्यतैतिर फर्केर जाँदैन
तर त्यसले जमिनलाई भिजाउँछ, बाली उमार्छ,
रोप्नेलाई बिउ अनि खानेलाई अन्न दिन्छ,
११ मेरो मुखबाट निस्कने वचन पनि त्यस्तै हुन्छ।+
त्यो वचन पूरा नभई मकहाँ त्यसै फर्कँदैन।+
मैले इच्छा गरेको कुरा त्यसले पूरा गरेरै छोड्छ।+
जुन कामको लागि म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुन्छ।