भजनसङ्ग्रह
दाउदले रचेको भजन।
१४१ हे यहोवा, म तपाईँलाई पुकार्छु।+
मलाई मदत गर्न छिट्टै आउनुहोस्।+
मैले तपाईँलाई पुकार्दा मेरो कुरामा ध्यान दिनुहोस्।+
२ मेरो प्रार्थना तपाईँसामु तयार पारिएको+ धूपजस्तै होस्,+
मैले प्रार्थना गर्न उचालेका हातहरू साँझको अन्नभेटीजस्तै होऊन्।+
३ हे यहोवा, मेरो मुखमा एउटा पहरेदार खडा गर्नुहोस्,
मेरो ओठको ढोकामा कसैलाई पहरा दिन लगाउनुहोस्।+
४ कुनै खराब कुरातिर मेरो मन ढल्कन नदिनुहोस्+
ताकि म दुष्ट मानिसहरूको दुष्कर्मको साझेदार नहोऊँ;
मैले तिनीहरूको स्वादिष्ठ भोजन कहिल्यै खान नपरोस्।
५ धर्मी मानिसले मलाई हिर्काए भने पनि त्यो तिनको अटल प्रेम ठहरिनेछ;+
तिनले मलाई हप्काए भने पनि त्यो मेरो शिरमा तेलजस्तै हुनेछ,+
मेरो शिरले कहिल्यै त्यसलाई इन्कार गर्नेछैन।+
तिनको विपत्तिको बेला पनि म प्रार्थना गरी नै रहनेछु।
६ तिनीहरूका न्यायकर्ताहरू भीरबाट खसालिए भने पनि
मानिसहरूले मेरो वचन सुन्नेछन् किनकि ती मीठा छन्।
७ जसरी कुनै मानिसले हलो जोतेर माटाको डल्ला फुटाउँदा त्यो छरपस्ट हुन्छ,
त्यसरी नै चिहानको* मुखमा हाम्रा हड्डीहरू छरपस्ट पारिएका छन्।
८ तर हे ब्रह्माण्डका मालिक यहोवा, मेरा आँखाले तपाईँकै बाटो हेर्छन्।+
मैले तपाईँमा शरण लिएको छु।
मेरो ज्यान नलिनुहोस्।
९ तिनीहरूले मेरो निम्ति जुन पासो थापेका छन्, त्यसको चङ्गुलबाट मलाई जोगाउनुहोस्,
कुकर्मीहरूको धरापबाट बचाउनुहोस्।
१० दुष्टहरू सबै आफैले थापेको जालमा पर्नेछन्+
तर म भने सकुशल उम्कनेछु।