भजनसङ्ग्रह
१०६ याहको प्रशंसा गर!*
यहोवालाई धन्यवाद चढाओ किनकि उहाँ भला हुनुहुन्छ;+
उहाँको अटल प्रेम कहिल्यै टल्दैन।+
२ यहोवाका सबै शक्तिशाली कार्यहरूको वर्णन कसले गर्न सक्छ?
उहाँका सबै प्रशंसायोग्य कामहरूको बयान कसले गर्न सक्छ?+
३ आनन्दित हुन् तिनीहरू, जो न्यायसाथ काम गर्छन्
अनि जे सही छ, सधैँ त्यही गर्छन्।+
४ हे यहोवा, आफ्ना मानिसहरूलाई अनुग्रह देखाउनुहुँदा मलाई नबिर्सनुहोस्।+
मेरो ख्याल राख्नुहोस् र मलाई बचाउनुहोस्
५ ताकि तपाईँले आफ्ना चुनिएका जनहरूलाई देखाउनुहुने भलाइको आनन्द मैले पनि लिन सकूँ,+
तपाईँको राष्ट्रसँगसँगै म पनि रमाउन सकूँ
अनि तपाईँको सम्पत्तिसितै मिलेर गर्वले तपाईँको प्रशंसा गर्न सकूँ।
७ मिश्रमा हाम्रा पुर्खाहरूले तपाईँका आश्चर्यजनक कामहरूको कदर गरेनन्।*
तपाईँको अपार प्रेम* तिनीहरूले बिर्सिए
बरु समुद्रको छेउमा, हो, लाल समुद्रको छेउमा विद्रोह गरे।+
९ उहाँले लाल समुद्रलाई हप्काउनुभयो र त्यो सुकिहाल्यो;
उहाँले तिनीहरूलाई मरुभूमिको सुक्खा जमिनबाट जस्तैगरि समुद्रको गहिराइबाट लैजानुभयो।+
११ तिनीहरूका शत्रुहरूलाई पानीले छोप्यो;
उनीहरूमध्ये कोही पनि बाँकी रहेन।+
१३ तर तिनीहरूले उहाँका कामहरू बिर्सिहाले;+
तिनीहरूले उहाँको निर्देशनको प्रतीक्षा गरेनन्।
१४ निर्जनभूमिमा तिनीहरू आफ्नो स्वार्थी चाहनाको वशमा परे;+
मरुभूमिमा तिनीहरूले परमेश्वरको परीक्षा गरे।+
१५ तिनीहरूले मागेको कुरा उहाँले तिनीहरूलाई दिनुभयो
तर त्यसपछि उहाँले तिनीहरूलाई रुढीले प्रहार गर्नुभयो र तिनीहरू नाश भए।+
१७ अनि जमिनले आफ्नो मुख बाएर दातानलाई निल्यो
र अबिरामको साथमा भेला भएकाहरू पुरिए।+
१८ तिनीहरूको समूहमा आगो दन्कियो;
दुष्टहरूलाई आगोको ज्वालाले भस्म गऱ्यो।+
२० तिनीहरूले मलाई महिमा दिनुको सट्टा
घाँस खाने गोरुको प्रतिमालाई महिमा दिए।+
२२ जसले हामको देशमा आश्चर्यजनक कामहरू गर्नुभएको थियो+
अनि लाल समुद्रमा उदेकलाग्दा कामहरू गर्नुभएको थियो।+
२३ उहाँले तिनीहरूलाई नामेट पार्ने आदेश दिनै लाग्नुभएको थियो
तर उहाँको चुनिएका सेवक मोसाले उहाँलाई आफ्नो भयानक क्रोध शान्त गर्न+ बिन्ती गरे।*
२६ त्यसैले आफ्नो हात उठाएर उहाँले तिनीहरूबारे शपथ खानुभयो,
तिनीहरूलाई निर्जनभूमिमै नाश गर्ने शपथ खानुभयो।+
२७ तिनीहरूका सन्तानलाई जातिजातिको हातमा सुम्पिने
अनि तिनीहरूलाई देश-देशमा तितरबितर गरिदिने शपथ खानुभयो।+
३० तर जब पिनहास अघि बढेर कदम चाले,
तब महामारी थामियो।+
३१ अनि तिनले गरेको त्यो कामले गर्दा
तिनी पुस्तौँपुस्तासम्म, हो, सदालाई धर्मी ठहरिए।+
३२ मरिबाको* पानीनेर तिनीहरूले उहाँलाई रिस उठाए,
तिनीहरूले गर्दा मोसाले दुःखलाग्दो परिणाम भोग्नुपऱ्यो।+
३७ तिनीहरू भूतप्रेतलाई
आफ्ना छोराछोरीको बलि चढाउँथे।+
३८ तिनीहरूले निर्दोषहरूको रगत बगाउन छोडेनन्,+
तिनीहरूले आफ्नै छोराछोरीको रगत बगाए,
जसलाई तिनीहरूले कनानका मूर्तिहरूका निम्ति बलि चढाए।+
अनि तिनीहरूले बगाएको रगतले देश दूषित भयो।
४० त्यसैले आफ्ना मानिसहरूविरुद्ध यहोवाको क्रोध दन्कियो,
आफ्नो सम्पत्तिलाई उहाँले घृणा गर्न थाल्नुभयो।
४१ उहाँले पटक-पटक तिनीहरूलाई अरू जातिको हातमा सुम्पिनुभयो+
ताकि तिनीहरूलाई घृणा गर्नेहरूले तिनीहरूमाथि हैकम जमाऊन्।+
४२ तिनीहरूका शत्रुहरूले तिनीहरूलाई दमन गरे
र तिनीहरूलाई आफ्नो शक्तिको वशमा पारे।
४३ थुप्रै चोटि उहाँले तिनीहरूलाई छुटाउनुभयो+
तर तिनीहरू भने विद्रोह गर्थे र अनाज्ञाकारी हुन्थे+
अनि आफ्नै गल्तीले गर्दा तिनीहरू अपमानित हुन्थे।+
४५ तिनीहरूको खातिर उहाँ आफ्नो करार सम्झनुहुन्थ्यो
४६ तिनीहरूलाई बन्दी बनाएर लैजानेहरूको मनमा
उहाँले तिनीहरूप्रति दया जगाइदिनुहुन्थ्यो।+