उपदेशक
८ बुद्धिमान् मानिसजस्तो को छ? समस्या समाधान गर्न सक्ने* को छ? बुद्धिले मानिसको अनुहारलाई उज्यालो बनाउँछ र मलिन अनुहारलाई हँसिलो बनाउँछ।
२ राजाको आदेश पालन गर+ किनकि तिमीले परमेश्वरसामु शपथ खाएका छौ।+ ३ राजाको सामुन्नेबाट हतार-हतार निस्कन नखोज।+ गलत कुराको पक्ष नलेऊ।+ राजाले आफूलाई जे ठीक लाग्छ, त्यही गर्न सक्छन्। ४ किनकि राजाको बोलीमा अख्तियार हुन्छ।+ ‘यो के गर्नुभएको’ भनेर कसले तिनलाई सोध्न सक्छ?
५ आज्ञा पालन गर्ने मानिसले हानि भोग्नुपर्दैन।+ बुद्धिमान् मानिसलाई कुनै काम गर्ने ठीक बेला र तरिका थाह हुन्छ।+ ६ मानिसका समस्याहरू अनगिन्ती छन्, त्यसैले सबै कुराको लागि उचित समय र तरिका छ।+ ७ पछि के हुनेछ भनेर कसैलाई पनि थाह हुँदैन। त्यसैले भविष्यमा कुन कुरा कसरी हुनेछ भनी कसैले बताउन सक्दैन।
८ कसैले पनि आफ्नो जीवनलाई* जोगाइराख्न वा वशमा राख्न सक्दैन न त कसैले आफ्नो मृत्युको दिनलाई टार्न नै सक्छ।+ जसरी युद्धको बेला कुनै सिपाहीले छुट्टी पाउँदैन, त्यसैगरि दुष्ट काम गर्ने मानिस उसको दुष्ट्याइँबाट उम्कन सक्दैन।*
९ मैले यी सब देखेँ। संसारमा* गरिएका सबै कामबारे बुझ्नलाई मैले आफ्नो मन लगाएँ। एउटाले अर्कोलाई दबाएर मानिसले आफैलाई हानि पुऱ्याइरहेको मात्रै मैले देखेँ।+ १० ती दुष्टहरू गाडिएको मैले देखेँ, जो पवित्र ठाउँबाट भित्र-बाहिर गर्ने गर्थे। तर जुन सहरमा तिनीहरू दुष्ट काम गर्थे, त्यस सहरबाट तिनीहरूको सम्झना चाँडै लोप भएर गयो।+ यो पनि व्यर्थ रहेछ।
११ खराब कामको सजाय तुरुन्तै नपाएकोले+ मानिसहरू खराबी गर्न झनै सुरिन्छन्।+ १२ दुष्ट मानिस १०० चोटि दुष्ट काम गरेर दीर्घायु भए पनि मलाई यति कुरा थाह छ कि आखिरमा साँचो परमेश्वरको डर मान्ने मानिसको नै भलो हुन्छ।+ १३ तर दुष्टको भने भलो हुँदैन।+ दुष्टले छायासरी बिलाउने आफ्नो जीवनलाई लम्ब्याउन सक्दैन+ किनकि उसले परमेश्वरको डर मान्दैन।
१४ पृथ्वीमा अर्को एउटा व्यर्थ* कुरा पनि मैले देखेँ: धर्मी मानिसलाई अपराधीलाई जस्तो व्यवहार गरिएको थियो+ र अपराधीलाई चाहिँ धर्मी मानिसलाई जस्तो व्यवहार गरिएको थियो।+ यो पनि व्यर्थ हो।
१५ त्यसैले म भन्छु, जीवनमा रमाउनु नै ठीक हो।+ किनकि संसारमा* खानु, पिउनु र रमाइलो गर्नुभन्दा उत्तम कुरा मानिसको लागि अरू केही छैन। साँचो परमेश्वरले संसारमा* मानिसलाई दिनुभएको यो छोटो जीवनमा उसले मेहनतका साथसाथै यी कुराहरू पनि गर्नुपर्छ।+
१६ मैले बुद्धि प्राप्त गर्न र पृथ्वीमा भइरहेका सबै काम विचार गर्न आफ्नो मन लगाएँ,+ रातदिन नसुतीकनै मैले त्यसो गरेँ।* १७ मैले साँचो परमेश्वरका सबै कामलाई विचार गरेँ अनि के थाह पाएँ भने संसारमा* भएका सबै कुरा मानिसले बुझ्न सक्दैन।+ मानिसले जति नै कोसिस गरे पनि ती कुराहरू बुझ्न सक्दैन। मानिसले आफू जति नै बुद्धिमान् भएको दाबी गरे पनि वास्तवमा उसले त्यो बुझ्न सक्दैन।+