यहोसु
३ यहोसु बिहान सबेरै उठे। त्यसपछि तिनी सबै इस्राएलीलाई लिएर सित्तिमबाट+ हिँडे र यर्दन नदीमा पुगे। तर तुरुन्तै नदी तर्नुको सट्टा तिनीहरू त्यस रात त्यहीँ बास बसे।
२ तीन दिनपछि इस्राएलीहरूका अफिसरहरू+ पूरै छाउनीमा गए ३ र मानिसहरूलाई यस्तो आज्ञा गरे: “लेवी पुजारीहरूले यहोवा तिमीहरूका परमेश्वरको करारको सन्दुक* बोकेर हिँडेको देख्नेबित्तिकै+ तिमीहरू पनि आ-आफ्नो ठाउँबाट हिँड र त्यसको पछि लाग। ४ तिमीहरू यो बाटो कहिल्यै हिँडेका छैनौ। त्यसैले सन्दुकलाई पछ्यायौ भने कुन बाटो जानुपर्ने हो, थाह पाउनेछौ। तर तिमीहरू करारको सन्दुकभन्दा २ हजार हात* टाढै बस, त्यसभन्दा नजिक नजाओ।”
५ अनि यहोसुले इस्राएलीहरूलाई भने: “तिमीहरू सबै तयार होओ!*+ किनकि भोलि यहोवा परमेश्वरले तिमीहरूसामु अचम्मलाग्दा कामहरू गर्नुहुनेछ।”+
६ त्यसपछि यहोसुले पुजारीहरूलाई भने: “करारको सन्दुक बोक+ र अघिअघि हिँड।” त्यसैले तिनीहरूले करारको सन्दुक बोके र मानिसहरूको अघिअघि हिँडे।
७ अनि यहोवा परमेश्वरले यहोसुलाई भन्नुभयो: “आजदेखि सारा इस्राएलीको नजरमा म तिमीलाई उच्च पार्नेछु।+ तब जसरी म मोसासँग थिएँ, त्यसैगरि तिमीसँग पनि हुनेछु भनेर तिनीहरूले थाह पाउनेछन्।+ ८ करारको सन्दुक बोक्ने पुजारीहरूलाई यस्तो आज्ञा देऊ: ‘यर्दन नदीको किनारमा पुगेर पानीमा पाइला हालेपछि तिमीहरू त्यहीँ उभिरहनू।’”+
९ त्यसपछि यहोसुले इस्राएलीहरूलाई भने: “यहाँ आओ र यहोवा तिमीहरूका परमेश्वरले के भन्नुभएको छ, सुन!” १० अनि यहोसुले भने: “यो देखेपछि जीवित परमेश्वर तिमीहरूसित हुनुहुन्छ+ र उहाँले कनानी, हित्ती, हिव्वी, परिज्जी, गिर्गासी, एमोरी र यबुसीहरूलाई अवश्य धपाउनुहुनेछ भनेर तिमीहरूले थाह पाउनेछौ।+ ११ हेर! सारा पृथ्वीका मालिकको करारको सन्दुक तिमीहरूभन्दा अघिअघि यर्दन नदीमा जाँदै छ। १२ अब तिमीहरूले इस्राएलीहरूको हरेक कुलबाट एक-एक गरी १२ जना पुरुष छान।+ १३ अनि सारा पृथ्वीका मालिक यहोवा परमेश्वरको करारको सन्दुक बोक्ने पुजारीहरूले यर्दन नदीमा पाइला हाल्नेबित्तिकै मास्तिरबाट बग्दै आइरहेको नदीको पानी रोकिनेछ र पानीको ठूलो पर्खालजस्तै बन्नेछ।”+
१४ त्यसैले जब मानिसहरूले यर्दन नदी तर्न आ-आफ्ना पाल उठाए, तब करारको सन्दुक बोकेका पुजारीहरू+ तिनीहरूको अघिअघि गए। १५ सन्दुक बोकेका पुजारीहरूले यर्दन नदीमा पुगेर पानीमा पाइला हाल्नेबित्तिकै (कटनीको मौसममा यर्दन नदी किनारासम्मै उर्लेर आउँथ्यो)+ १६ मास्तिरबाट बग्दै आइरहेको नदीको पानी रोकियो। त्यो नदी धेरै टाढा आदममा (जारेथान नजिकैको सहर) रोकिएर ठूलो पर्खालजस्तै बन्यो। बाँकी पानीचाहिँ अराबाह समुद्र अर्थात् खारा समुद्रतिर* बगेर गयो। यसरी नदी बग्न बन्द भयो अनि इस्राएलीहरू नदी पार गरेर यरिहोमा पुगे। १७ यहोवा परमेश्वरको करारको सन्दुक बोकेका पुजारीहरू यर्दन नदीको बीचमा सुक्खा जमिनमा उभिरहँदा+ सबै इस्राएलीले सुक्खा ठाउँबाट नदी पार गरे।+ सबैले यर्दन नदी पार नगरुन्जेल ती पुजारीहरू त्यहीँ उभिरहे।