भजनसङ्ग्रह
निर्देशकलाई; “उषाकी हरिणी”-अनुसार।* दाउदले रचेको भजन।
२२ हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नुभयो?+
तपाईँ किन मलाई बचाउन आउनुहुन्न?
तपाईँ किन मेरो चीत्कार सुन्नुहुन्न?+
२ हे मेरा परमेश्वर, म दिनभरि तपाईँलाई पुकार्छु तर तपाईँ जवाफ दिनुहुन्न;+
रातभरि पनि म एकछिन नरोकी तपाईँलाई पुकार्छु।
४ हाम्रा पुर्खाहरूले तपाईँमा भरोसा राखे;+
तिनीहरूले भरोसा गरे अनि तपाईँले तिनीहरूलाई बारम्बार बचाउनुभयो।+
५ तिनीहरूले तपाईँलाई पुकारे र तपाईँले तिनीहरूलाई बचाउनुभयो;
७ मलाई देख्नेहरू सबैले मेरो धज्जी उडाउँछन्;+
तिनीहरू मेरो खिल्ली उडाउँछन् अनि मुन्टो हल्लाएर खिसी गर्दै+ यसो भन्छन्:
८ “त्यसले आफूलाई यहोवाको हातमा सुम्पियो। अब उहाँले नै त्यसलाई बचाऊन्!
परमेश्वरले नै त्यसको उद्धार गरून् किनकि उहाँको लागि त्यो अति प्यारो छ!”+
९ तपाईँले गर्दा नै म आफ्नी आमाको कोखबाट बाहिर आएँ,+
तपाईँले गर्दा नै मैले आफ्नी आमाको छातीमा ढुक्क महसुस गर्न पाएँ।
१० म जन्मेदेखि नै तपाईँले मेरो ख्याल राख्नुभएको छ;
म मेरी आमाको गर्भमा छँदादेखि नै तपाईँ मेरा परमेश्वर हुनुहुन्छ।
१४ म पानीझैँ पोखाइएको छु;
मेरा हड्डीका जोर्नीहरू सबै खुस्केका छन्।
मेरो मुटु मैनजस्तै भएको छ;+
त्यो मभित्रै पग्लिएको छ।+
१५ मेरो बल माटोको खपटाझैँ सुकिसकेको छ;+
मेरो जिब्रो तालुमा टाँसिएको छ;+
तपाईँले मेरो ज्यान लिएर मलाई माटोमा मिलाइदिनुभएको छ।+
१६ मेरा शत्रुहरूले मलाई कुकुरले घेरेजस्तै घेरेका छन्,+
कुकर्मीहरूको हुलले मलाई च्याप्दै ल्याएको छ।+
सिंहले जस्तै तिनीहरूले मेरो हात र मेरो खुट्टामा झम्टेका छन्।+
१७ मेरा सबै हड्डी म गन्न सक्छु।+
तिनीहरू मलाई हेरिरहन्छन्, एकोहोरो हेरिरहन्छन्।
१८ मैले लगाइराखेको लुगा तिनीहरू आपसमा भाग लगाउँछन्
अनि मेरो जीउको कपडा तिनीहरू गोला हालेर लिन्छन्।+
१९ तर हे यहोवा, तपाईँ मदेखि टाढा नजानुहोस्।+
तपाईँ नै मेरो बल हुनुहुन्छ; मलाई मदत गर्न झट्टै आउनुहोस्।+
२१ मलाई सिंहको मुखबाट+ अनि जङ्गली साँढेको सिङबाट जोगाउनुहोस्;
मलाई जवाफ दिनुहोस् र मेरो रक्षा गर्नुहोस्।
२३ हे यहोवाको भय मान्नेहरू हो, उहाँको प्रशंसा गर!
हे याकुबका सबै सन्तान हो, उहाँको महिमा गर!+
हे इस्राएलका सबै सन्तान हो, उहाँको श्रद्धा गर!
२४ किनकि उहाँले अत्याचारमा परेको मानिसको दुःखलाई बेवास्ता गर्नुभएको छैन, उसलाई हेला गर्नुभएको छैन;+
उहाँले ऊबाट आफ्नो मुहार लुकाउनुभएको छैन।+
उसले मदतको लागि पुकार्दा उहाँले सुन्नुभयो।+
२५ ठूलो जमातमा म तपाईँको प्रशंसा गर्नेछु;+
तपाईँको डर मान्नेहरूसामु म आफ्नो भाकल पूरा गर्नेछु।
२६ नम्रहरूले खानेछन् र सन्तुष्ट हुनेछन्;+
यहोवाको खोजी गर्नेहरूले उहाँको प्रशंसा गर्नेछन्।+
तिमीले सधैँभरि जीवनको आनन्द उठाउन सक।
२७ सारा पृथ्वीले यहोवालाई सम्झनेछ र उहाँतिर फर्कनेछ।
पृथ्वीका सबै परिवार तपाईँसामु घोप्टो पर्नेछन्।+
२८ किनकि राज्याधिकार यहोवाकै हो;+
उहाँ जातिजातिमाथि शासन गर्नुहुन्छ।
२९ पृथ्वीका धनीहरू सबैले खानेछन् र दण्डवत् गर्नेछन्;
माटोमा मिल्नेहरू सबैले उहाँसामु घुँडा टेक्नेछन्;
तिनीहरू कसैले पनि आफ्नो जीवन जोगाउन सक्दैनन्।
३० तिनीहरूका सन्तानले उहाँको सेवा गर्नेछन्;
आउने पुस्तालाई यहोवाबारे बताइनेछ।
३१ तिनीहरू आउनेछन् र उहाँका असल कामहरूबारे बताउनेछन्।
पछि जन्मिनेहरूलाई तिनीहरूले उहाँका कामहरूबारे बताउनेछन्।