भजनसङ्ग्रह
भाग पाँच
(भजन १०७-१५०)
४ तिनीहरू निर्जनभूमिमा, एकलास ठाउँमा भौँतारिरहे;
तिनीहरूले कुनै पनि सहरको बाटो भेट्टाउन सकेनन्, जहाँ तिनीहरू बसोबास गर्न सक्थे।
५ तिनीहरू भोका र प्यासा थिए;
तिनीहरू साह्रै थाकेर बेहोसै हुन लागेका थिए।
६ सङ्कटमा पर्दा तिनीहरूले यहोवालाई गुहारिरहे;+
तिनीहरूको दुर्दशाबाट उहाँले तिनीहरूलाई उद्धार गर्नुभयो।+
८ यहोवाको अटल प्रेमको लागि र मानिसहरूको खातिर उहाँले गर्नुभएका आश्चर्यका कामहरूको लागि+
मानिसहरूले उहाँलाई धन्यवाद चढाऊन्।+
९ किनकि उहाँले प्यास लागेकाहरूको तिर्खा मेटाइदिनुभएको छ
अनि भोकाहरूलाई मीठामीठा कुराहरूले सन्तुष्ट पार्नुभएको छ।+
१० घोर अन्धकारको बीचमा कोही-कोही बाँचिरहेका थिए,
कैदीहरू फलामको साङ्लामा बाँधिएर सास्ती खेपिरहेका थिए।
११ किनकि तिनीहरूले परमेश्वरको वचनको विद्रोह गरेका थिए;
सर्वोच्च परमेश्वरको सल्लाहलाई तिनीहरूले तुच्छ ठानेका थिए।+
१२ त्यसैले तिनीहरूलाई दुःख भोग्न दिएर उहाँले तिनीहरूको हृदयलाई नम्र तुल्याउनुभयो;+
तिनीहरू ठेस खाएर लडे तर तिनीहरूलाई मदत गर्ने कोही थिएन।
१३ सङ्कटमा पर्दा तिनीहरूले यहोवालाई मदतको लागि पुकारे;
तिनीहरूको दुर्दशाबाट उहाँले तिनीहरूलाई बचाउनुभयो।
१४ उहाँले तिनीहरूलाई घोर अन्धकारबाट निकाल्नुभयो
अनि तिनीहरूको साङ्ला चुँडाइदिनुभयो।+
१५ यहोवाको अटल प्रेमको लागि+ र मानिसहरूको खातिर उहाँले गर्नुभएका आश्चर्यका कामहरूको लागि
मानिसहरूले उहाँलाई धन्यवाद चढाऊन्।
१६ किनकि उहाँले तामाका ढोकाहरू टुक्राटुक्रा पारिदिनुभएको छ
र फलामे बारहरू भाँचिदिनुभएको छ।+
१८ तिनीहरूको भोक हरायो;
तिनीहरू मृत्युको ढोकैमा पुगे।
१९ सङ्कटमा पर्दा तिनीहरू यहोवालाई मदतको लागि पुकार्थे;
तिनीहरूको दुर्दशाबाट उहाँले तिनीहरूलाई बचाउनुहुन्थ्यो।
२० उहाँले आफ्नो वचनद्वारा तिनीहरूलाई निको पार्नुहुन्थ्यो+
अनि तिनीहरूलाई खाल्टोबाट उद्धार गर्नुहुन्थ्यो, जहाँ तिनीहरू फसेका थिए।
२१ यहोवाको अटल प्रेमको लागि र मानिसहरूको खातिर उहाँले गर्नुभएका आश्चर्यका कामहरूको लागि
मानिसहरूले उहाँलाई धन्यवाद चढाऊन्।
२२ तिनीहरूले धन्यवादको भेटी चढाऊन्+
अनि हर्षोल्लासका साथ उहाँका कामहरूको जयजयकार गरून्।
२४ तिनीहरूले यहोवाका कामहरू देखेका छन्,
गहिराइमा भएका उहाँका आश्चर्यजनक कामहरू तिनीहरूले देखेका छन्;+
२५ उहाँको हुकुमले कसरी आँधी चल्छ+
अनि समुद्रका छालहरू कसरी माथि उठ्छन्, तिनीहरूले देखेका छन्;
२६ तिनीहरू उचालिएर माथि आकाशसम्मै पुग्छन्
अनि थचारिएर तल समुद्रको गहिराइसम्मै पुग्छन्।
आफूमाथि मडारिरहेको विपत्तिको कारण तिनीहरू हिम्मत हार्छन्।
२८ तब सङ्कटमा पर्दा तिनीहरू यहोवालाई गुहार्छन्;+
तिनीहरूको दुर्दशाबाट उहाँले तिनीहरूलाई बचाउनुहुन्छ।
२९ अनि उहाँले आँधीलाई थाम्नुहुन्छ;
समुद्रका छालहरूलाई शान्त पार्नुहुन्छ।+
३० छालहरू शान्त भएको देखेर तिनीहरू खुसी हुन्छन्
अनि तिनीहरूले चाहेको बन्दरगाहमा उहाँले तिनीहरूलाई डोऱ्याउनुहुन्छ।
३१ यहोवाको अटल प्रेमको लागि र मानिसहरूको खातिर उहाँले गर्नुभएका आश्चर्यका कामहरूको लागि
मानिसहरूले उहाँलाई धन्यवाद चढाऊन्।+
३२ मानिसहरूको समुदायमा तिनीहरूले उहाँलाई उच्च पारून्;+
बुज्रुगहरूको सभामा* तिनीहरूले उहाँको प्रशंसा गरून्।
३३ उहाँले नदीहरूलाई मरुभूमिमा
र पानीका मूलहरूलाई सुक्खा जमिनमा परिणत गर्नुहुन्छ।+
३४ अनि उर्वर भूमिलाई बन्जर बनाइदिनुहुन्छ।+
त्यहाँ बसोबास गर्नेहरूको दुष्टताको कारण उहाँ त्यसो गर्नुहुन्छ।
३५ उहाँले मरुभूमिलाई नर्कट उम्रने पोखरी बनाउनुहुन्छ
अनि सुक्खा जमिनमा पानीको मूल फुटाउनुहुन्छ।+
३८ उहाँले तिनीहरूलाई आशिष् दिनुहुन्छ र तिनीहरूको धेरै वृद्धि हुन्छ।
उहाँले तिनीहरूको वस्तुभाउलाई पनि घट्न दिनुहुन्न।+
३९ तर अत्याचार, विपत्ति र दुःखमा परेर
तिनीहरू फेरि थोरै हुन्छन् र बेइज्जती भोग्छन्।
४० उहाँले ठूलाबडाहरूको अपमान गर्नुहुन्छ
अनि तिनीहरूलाई बिराना ठाउँहरूमा बिचल्ली पारेर छोड्नुहुन्छ।+