भजनसङ्ग्रह
सुलेमानबारे।
७२ हे परमेश्वर, राजालाई तपाईँको न्यायबारे बताउनुहोस्,
राजाको छोरालाई तपाईँको धार्मिकताबारे सिकाउनुहोस्।+
२ तिनी धार्मिकतासाथ तपाईँका मानिसहरूको पक्षमा खडा होऊन्।
अनि तपाईँका पीडित जनहरूलाई न्याय दिलाऊन्।+
३ पहाडहरूले मानिसहरूको लागि शान्ति ल्याऊन्
अनि डाँडाहरूले धार्मिकता ल्याऊन्।
५ सूर्य रहुन्जेल र चन्द्रमा रहुन्जेल
तिनीहरूले तपाईँको डर मान्नेछन्,
पुस्तौँपुस्तासम्म तिनीहरूले तपाईँको डर मान्नेछन्।+
१० तर्सिसका राजाहरूले र टापुका राजाहरूले सौगात ल्याउनेछन्+
अनि सेबा र सिबाका राजाहरूले उपहारहरू ल्याउनेछन्।+
११ सबै राजाले तिनलाई दण्डवत् गर्नेछन्
र सबै राष्ट्रले तिनको सेवा गर्नेछन्।
१२ मदतको लागि पुकार्ने गरिबहरूको तिनले उद्धार गर्नेछन्,
दीनदुःखी र असहायहरूको पनि तिनले उद्धार गर्नेछन्।
१३ तिनी दीनदुःखी र गरिबहरूमाथि टिठाउनेछन्
अनि तिनले गरिबहरूको ज्यान जोगाउनेछन्।
१४ तिनले अत्याचार र हिंसाबाट तिनीहरूलाई बचाउनेछन्,
तिनको दृष्टिमा तिनीहरूको रगत अनमोल हुनेछ।
१५ तिनी दीर्घायु होऊन् र तिनलाई सेबाको सुन+ दिइयोस्,
तिनको लागि निरन्तर प्रार्थना गरियोस्
अनि सारा दिन तिनलाई आशिष् दिइयोस्।
१६ पृथ्वीमा प्रशस्त अनाज उब्जिनेछ;+
पहाडका टाकुराहरूमा समेत अन्नको कुनै कमी हुनेछैन।
तिनको फसल लेबनानका रूखहरूजस्तै हराभरा हुनेछ+
अनि सहरमा चाहिँ मानिसहरू पृथ्वीका घाँसजस्तै सप्रनेछन्।+
१७ तिनको नाम सदासर्वदा रहिरहोस्,+
सूर्य रहुन्जेल तिनको कीर्ति रहिरहोस्।
मानिसहरूले तिनीमार्फत आशिष् पाऊन्;+
सबै राष्ट्रले तिनलाई धन्यको भनून्।
२० यिसैका छोरा दाउदका प्रार्थनाहरू यहीँ समाप्त हुन्छ।+