भजनसङ्ग्रह
दाउदको रचना।
२७ यहोवा मेरो ज्योति+ र मेरो उद्धारक हुनुहुन्छ।
म कोसँग डराउनु र?+
यहोवा मेरो जीवनको बलियो किल्ला हुनुहुन्छ।+
म कोदेखि त्रसित हुनु र?
३ सेनाले मविरुद्ध छाउनी लगाए पनि
मेरो मुटु काँप्नेछैन।+
मविरुद्ध लडाइँ मच्चिए तापनि
म निश्चिन्त रहनेछु।
४ तर मैले यहोवासित एउटा कुरा मागेको छु,
—मैले चाहेको पनि यही हो—
यहोवाको शोभा हेर्न
५ किनकि उहाँले मलाई विपद्को दिनमा उहाँको निवासस्थानमा लुकाउनुहुनेछ;+
उहाँले आफ्नो गोप्य ठाउँमा, उहाँको पालमा मलाई लुकाउनुहुनेछ;+
मलाई अग्लो चट्टानमा राख्नुहुनेछ।+
६ मेरो शिर मेरो वरपर भएका मेरा शत्रुहरूको भन्दा उच्च भएको छ;
म उहाँको पालमा जयजयकार गर्दै बलिहरू चढाउनेछु;
म यहोवाको स्तुति गाउनेछु।*
८ तपाईँले यो आज्ञा दिनुभएको छ भनी मेरो हृदयले मलाई भनेको छ:
“मेरो अनुग्रह खोज।”
हे यहोवा, म तपाईँकै अनुग्रह खोजिरहन्छु।+
९ त्यसैले तपाईँको मुहार मबाट नलुकाउनुहोस्।+
रिसमा तपाईँको यस सेवकलाई अवहेलना नगर्नुहोस्।
किनकि तपाईँ मेरो मदतगार हुनुहुन्छ।+
हे मेरा उद्धारक, मेरा परमेश्वर, मलाई साथ दिनुहोस्, मलाई नत्याग्नुहोस्।
११ हे यहोवा, तपाईँको मार्गमा हिँड्न मलाई सिकाउनुहोस्।+
मेरा शत्रुहरूबाट जोगाउन मलाई सोझाहरूको मार्गमा डोऱ्याउनुहोस्।
१२ मलाई मेरा शत्रुहरूको हातमा नसुम्पिनुहोस्+
किनकि मविरुद्ध झूटा साक्षीहरू खडा भएका छन्,+
तिनीहरू मलाई कुटपिट गर्ने धम्की दिन्छन्।
१३ जीवितहरूको देशमा यहोवाको भलाइ हेर्न पाउनेछु भन्ने विश्वास ममा नहुँदो हो त