यसैया
२७ त्यो दिन यहोवाले आफ्नो भयानक, क्रूर र बलियो तरबार लिनुहुनेछ;+
घस्रँदै अनि घुम्रिँदै हिँड्ने सर्प
अर्थात् लेवियातानमाथि* उहाँ जाइलाग्नुहुनेछ।
समुद्रमा बस्ने त्यो विशाल जलजन्तुलाई उहाँले मार्नुहुनेछ।
३ म यहोवाले त्यस बगानको सुरक्षा गरिरहेको छु।+
म हरपल त्यसमा पानी लगाउँछु।+
त्यसलाई कसैले हानि नपुऱ्याओस् भनेर
म रातदिन पहरा दिन्छु।+
त्यसमा काँडेझार र सामा छरेर कसले मसित जोरी खोज्न सक्छ?
म ती काँडेझार र सामालाई कुल्चेर आगो लगाइदिनेछु।
६ आगामी दिनहरूमा याकुबले जरा गाड्नेछ।
इस्राएल फक्रनेछ र त्यसले फल फलाउनेछ;+
तिनीहरूले आफ्नो उब्जनीले देश भर्नेछन्।+
७ त्यसलाई हिर्काउनेले जति जोडले हिर्कायो, त्यति जोडले हिर्काउनुपर्थ्यो र?
त्यसलाई प्रहार गरेर ज्यान लिनेले के त्यसरी त्यसको ज्यान खोस्नुहुन्थ्यो र?
८ तपाईँले त्यस स्त्रीलाई ठूलो स्वरले हपारेर धपाउनुहुनेछ।
पूर्वीय बतास चल्ने दिनमा तपाईँले हावाको डरलाग्दो झोक्काले त्यसलाई उडाइदिनुहुनेछ।+
९ यसरी याकुबको गल्तीको प्रायश्चित गरिनेछ।+
अनि उसको पाप पखालिँदा नतिजा यस्तो हुनेछ:
उहाँले वेदीका सबै ढुङ्गालाई
खरीढुङ्गालाई जस्तै धुलोपिठो पारिदिनुहुनेछ।
१० किनकि पर्खालले घेरिएको त्यो बलियो सहर उजाड छोडिनेछ।
त्यहाँका चरनहरू निर्जन ठाउँजस्तै सुनसान हुनेछन्।+
बाछाहरू त्यहाँ चर्नेछन् र ढल्कनेछन्
अनि तिनीहरूले त्यसका हाँगाबिँगा लुछेर खानेछन्।+
११ त्यसका डाँठहरू सुकेपछि
स्त्रीहरू आएर ती भाँच्नेछन्
र ती झिँजा सल्काउनेछन्।
किनकि यी मानिसहरू समझ नभएका मानिसहरू हुन्।+
त्यसकारण तिनीहरूलाई बनाउनुहुनेले तिनीहरूलाई पटक्कै दया गर्नुहुनेछैन।
तिनीहरूको रचना गर्नुहुनेले तिनीहरूमाथि कृपा देखाउनुहुनेछैन।+
१२ ए इस्राएलका मानिसहरू हो,+ त्यस दिन यहोवाले युफ्रेटिस नदीदेखि मिश्रको वादीसम्मका* फलहरू झारिदिनुहुनेछ+ र एक-एक गरी तिमीहरूलाई बटुल्नुहुनेछ। १३ त्यो दिन ठूलो स्वरले सिङ फुकिनेछ+ अनि अस्सेरियामा+ नाश हुन लागेकाहरू र मिश्रमा+ तितरबितर भएकाहरू यरुसलेमको पवित्र डाँडामा आएर यहोवालाई दण्डवत् गर्नेछन्।+