भजनसङ्ग्रह
उकालीको गीत।
१३० हे यहोवा, दुःखको गहिरो खाडलबाट म तपाईँलाई पुकार्छु।+
२ हे यहोवा, मेरो स्वर सुन्नुहोस्।
मैले मदतको लागि गरेको बिन्तीमा आफ्नो कान थाप्नुहोस्।
५ म यहोवामा आशा राख्छु, मेरो सारा ज्यानले उहाँमा आशा राख्छ;
म उहाँको वचनको प्रतीक्षा गर्छु।
६ म उत्सुकतासाथ यहोवाको प्रतीक्षा गर्छु,+
पहरेदारले बिहानीको प्रतीक्षा गरेभन्दा धेरै,+
हो, पहरेदारले बिहानीको प्रतीक्षा गरेभन्दा धेरै।
७ इस्राएलले यहोवाको प्रतीक्षा गरिरहोस्
किनकि यहोवा आफ्नो प्रेममा अटल हुनुहुन्छ+
अनि छुटकारा दिने उहाँको शक्ति अपार छ।
८ उहाँले इस्राएललाई त्यसका सबै गल्तीबाट छुटकारा दिनुहुनेछ।