प्रस्थान
३० “धूप बाल्न तिमीले एउटा वेदी बनाउनू;+ त्यो वेदी बबुल काठको होस्।+ २ त्यो चारकुने होस्; त्यसको लम्बाइ एक हात,* चौडाइ एक हात अनि उचाइचाहिँ दुई हात होस्। वेदीकै भागको रूपमा त्यसका सिङहरू त्यसका चार कुनाबाट उठाइएको होस्।+ ३ तिमीले वेदीलाई निखुर सुनले मोहोर्नू: यसको माथिल्लो भाग, चारैतिरको पाटा अनि सिङहरू। वेदीको चारैतिर सुनको बिट* बनाउनू। ४ वेदीको दुवैतिर सुनको दुई-दुई वटा मुन्द्रा बनाउनू। ती मुन्द्राहरू बिटमुनि होऊन् र वेदीलाई बोक्ने डन्डीहरू ती मुन्द्राहरूमा छिराउनू। ५ डन्डीहरू बबुल काठको बनाउनू र त्यसलाई सुनले मोहोर्नू। ६ तिमीले त्यस वेदीलाई साक्षीपाटी* राखिएको सन्दुकनजिकै* भएको पर्दाअगाडि+ अर्थात् सन्दुकको ढकनीको अगाडि राख्नू, जहाँ म तिमीसामु देखा पर्नेछु।+
७ “हारुनले+ हरेक बिहान तेल हालेर पानसका दियोहरू मिलाउँदा+ वेदीमा+ सुगन्धित धूप पनि बालून्।+ ८ हारुनले साँझ* दियो बाल्दा फेरि पनि धूप बालून्। पुस्तौँपुस्तासम्म यहोवा परमेश्वरसामु निरन्तर धूप बलिरहोस्। ९ तिमीले त्यस वेदीमा परमेश्वरले तोक्नुभएको बाहेक अरू किसिमका धूप नबाल्नू+ अनि त्यहाँ अग्निभेटी, अन्नभेटी वा मद्यभेटी पनि नचढाउनू। १० पापभेटीको रूपमा चढाइएको बलिको अलिकति रगत धूप बाल्ने वेदीका सिङहरूमा लगाइदिएर+ हारुनले वर्षको एक पटक वेदीलाई शुद्ध पारून्।+ यसरी पुस्तौँपुस्तासम्म वर्षको एक पटक वेदीलाई शुद्ध पार्नू। यो वेदी यहोवा परमेश्वरको निम्ति महापवित्र कुरा हो।”
११ त्यसपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: १२ “तिमीले इस्राएलीहरूको गणना लिँदा+ हरेकले आफ्नो ज्यानको लागि यहोवा परमेश्वरलाई प्रायश्चितको मोल तिरोस्। यसो गरेमा तिनीहरूमाथि कुनै विपत्ति आइपर्नेछैन। १३ गणना लिँदा दर्ता भएकाहरूले पवित्र ठाउँको शेकेलअनुसार* आधा शेकेल* चढाऊन्।+ बीस गेराबराबर* एक शेकेल हुन्छ। यहोवा परमेश्वरलाई चढाउनुपर्ने चाहिँ आधा शेकेल हो।+ १४ बीस वर्ष र सोभन्दा माथिका ज-जसको नाम दर्ता भएको छ, तिनीहरू सबैले यहोवा परमेश्वरको लागि अनुदान चढाऊन्।+ १५ तिनीहरूले आफ्नो प्रायश्चितको मोलस्वरूप यहोवा परमेश्वरलाई आधा शेकेल मात्र चढाऊन्। धनीले धेरै वा गरिबले थोरै नचढाओस्। १६ इस्राएलीहरूबाट प्रायश्चितको मोलस्वरूप चाँदीको पैसा लिनू र त्यसलाई भेट हुने पालमा* गरिने सेवाको निम्ति चढाउनू। यो पैसा यहोवा परमेश्वरसामु सम्झनाको चिन्ह हुनेछ र यसले तिमीहरूको ज्यान बचाउनेछ।”
१७ यहोवा परमेश्वरले मोसालाई अझै यसो भन्नुभयो: १८ “तामाको ठूलो बाटा बनाउनू। अनि त्यसलाई राख्ने चारखुट्टे टेको पनि बनाउनू।+ त्यसलाई भेट हुने पाल र वेदीको बीचमा राख्नू अनि बाटामा पानी भर्नू।+ १९ हारुन र तिनका छोराहरूले त्यो पानीले आफ्नो हातखुट्टा धोऊन्।+ २० भेट हुने पालमा पस्दा अथवा वेदीमा सेवा गर्न र यहोवा परमेश्वरलाई अग्निभेटी चढाउन जाँदा तिनीहरूले त्यो पानीले आफ्नो हातखुट्टा धोऊन् नत्र त तिनीहरू मर्नेछन्। २१ तिनीहरूले आफ्नो हातखुट्टा धुनै पर्छ नत्र त तिनीहरू मर्नेछन्। हारुन र तिनका छोराहरूले पुस्तौँपुस्तासम्म यो नियम पालन गरून्।”+
२२ यहोवा परमेश्वरले मोसालाई अझै भन्नुभयो: २३ “तिमीले अत्यन्तै सुगन्धित यी मसलाहरू ल्याउनू: ५०० शेकेल ढिक्के मर्र,* त्यसको आधा अर्थात् २५० शेकेल दालचिनी, २५० शेकेल बोझो* २४ अनि ५०० शेकेल* क्यासिया।* यी सबै मसला पवित्र ठाउँको शेकेलअनुसार होस्।+ साथै एक हिन* जैतुनको तेल पनि ल्याउनू। २५ यी सबै मसला ठीक-ठीक मात्रामा मिसाएर अभिषेक गर्ने पवित्र तेल बनाउनू।+ यो अभिषेक गर्ने पवित्र तेल होस्।
२६ “यो तेलले भेट हुने पाल अनि साक्षीपाटी राखिएको सन्दुकलाई अभिषेक गर्नू।+ २७ साथै टेबुल र त्यसमा भएका सबै सरसामान, पानस र त्यसका सरसामान, धूप बाल्ने वेदी, २८ अग्निभेटी चढाउने वेदी र त्यसमा भएका सबै सरसामान, ठूलो बाटा र त्यो राख्ने चारखुट्टे टेकोलाई पनि अभिषेक गर्नू। २९ ती सबैलाई चोख्याउनू; त्यसपछि ती महापवित्र हुनेछन्।+ जो पवित्र छ, उसले मात्र यी कुराहरू छोओस्।+ ३० हारुन+ र तिनका छोराहरूलाई+ पुजारीको काम गर्न अभिषेक गर्नू र चोख्याउनू।+
३१ “तिमीले इस्राएलीहरूलाई यसो भन, ‘मेरो नजरमा यो अभिषेक गर्ने पवित्र तेल हो। तिमीहरूले यसलाई पुस्तौँपुस्तासम्म पवित्र ठान्नू।+ ३२ यो तेल शरीरमा नलगाउनू। यी मसलाहरू मिसाएर अरू प्रयोगको लागि यस्तै किसिमको तेल नबनाउनू। यो पवित्र तेल हो र सधैँ पवित्र रहिरहोस्। ३३ यदि कुनै व्यक्तिले यस्तै किसिमको तेल बनाउँछ र यस्तो तेल लगाउने अनुमति नपाएको कुनै मानिसलाई* लगाइदिन्छ भने त्यस मानिसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्।’”*+
३४ त्यसपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “तिमीले यी मसलाहरू बराबर मात्रामा ल्याउनू:+ गुँद, नखी, हिङ अनि शुद्ध सेतो धूप।* ३५ यी सबै मिसाएर धूप तयार पार्नू।+ सबै मसला ठीक-ठीक मात्रामा मिसाउनू अनि त्यसमा नुन पनि हाल्नू।+ यो धूप शुद्ध र पवित्र होस्। ३६ यसबाट अलिकति धूप लिनू र त्यसलाई कुटेर मसिनो धुलो पार्नू अनि यो मसिनो धुलोबाट अलिकति लिएर त्यसलाई भेट हुने पालमा भएको साक्षीपाटी राखिएको सन्दुकअगाडि राख्नू, जहाँ म तिमीसामु देखा पर्छु। यो मसिनो धुलोलाई तिमीहरूले महापवित्र ठान्नू। ३७ यी मसलाहरू मिसाएर तिमीले आफ्नो निम्ति धूप नबनाउनू।+ यस धूपलाई यहोवा परमेश्वरको लागि अलग्गै छुट्ट्याइएको पवित्र कुरा ठान्नू। ३८ जसले यसको बास्ना मन पराएर आफ्नो निम्ति यस्तै धूप बनाउँछ, उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्।”*