पहिलो इतिहास
१६ यसरी तिनीहरूले साँचो परमेश्वरको सन्दुक* ल्याए र त्यस सन्दुकलाई पालमा राखे। दाउदले त्यो पाल सन्दुक राख्नकै लागि भनेर टाँगेका थिए।+ त्यसपछि तिनीहरूले साँचो परमेश्वरसामु अग्निभेटी र मेलबलि* चढाए।+ २ अग्निभेटी+ र मेलबलि+ चढाइसकेपछि दाउदले यहोवा परमेश्वरको नाममा मानिसहरूलाई आशिष् दिए। ३ साथै तिनले सबै इस्राएलीलाई—हरेक पुरुष र स्त्रीलाई एक-एक वटा गोलो रोटी, छोहोराको रोटी र किसमिसको रोटी बाँडे। ४ त्यसपछि तिनले यहोवा परमेश्वरको सन्दुकसामु सेवा गर्न, इस्राएलका परमेश्वर यहोवाको आदर गर्न,* उहाँलाई धन्यवाद चढाउन र उहाँको प्रशंसा गर्न केही लेवीहरू नियुक्त गरे।+ ५ आसाप+ तिनीहरूको प्रमुख थिए र दोस्रो दर्जामा जकरिया थिए। यइएल, सेमिरामोथ, यहिएल, मत्तित्याह, एलिआब, बेनायाह, ओबेद-एदोम र यइएलले+ तारे बाजा र वीणा बजाउँथे+ अनि आसापले झ्याली बजाउँथे।+ ६ पुजारीहरू बेनायाह र याहजिएलले चाहिँ साँचो परमेश्वरको करारको सन्दुकअगाडि निरन्तर बिगुल फुक्थे।
७ त्यही दिन दाउदले पहिलो पटक यहोवा परमेश्वरको लागि धन्यवादको गीत रचे अनि आसाप+ र उनका दाजुभाइलाई त्यो गीत गाउन निर्देशन दिए। गीत यस्तो थियो:
१० उहाँको पवित्र नाममा गर्व गर।+
यहोवाको खोजी गर्नेहरूको हृदय आनन्दित होस्।+
११ यहोवा र उहाँले दिनुहुने बल खोज।+
उहाँको अनुमोदन पाउने कोसिस गरिरहो।+
१२ उहाँले गर्नुभएका अचम्मलाग्दा कामहरू;
उहाँका चमत्कारहरू र उहाँले सुनाउनुभएका फैसलाहरू सम्झ,+
१३ हे परमेश्वरका सेवक इस्राएलका सन्तान हो,+
हे याकुबका छोराहरू, उहाँले रोज्नुभएका जन हो,+ ती सबै सम्झ।
१४ उहाँ हाम्रा परमेश्वर यहोवा हुनुहुन्छ।+
उहाँले गर्नुभएको फैसला सारा पृथ्वीमा लागू हुन्छ।+
१५ उहाँको करार कहिल्यै नबिर्स,
उहाँले हजारौँ पुस्ताको लागि गर्नुभएको प्रतिज्ञा* याद गर,+
१६ उहाँले अब्राहामसित गर्नुभएको करार+
र इसहाकसित खानुभएको शपथ+ सम्झ,
१७ जुन उहाँले याकुबको लागि आदेश+
र इस्राएलको लागि सदाको करारको रूपमा स्थापित गर्नुभयो
१८ अनि भन्नुभयो, ‘तिमीहरूको पैतृक सम्पत्तिको रूपमा+
म तिमीहरूलाई कनान देश दिनेछु।’+
१९ यो उहाँले तब भन्नुभएको थियो, जब तिमीहरू थोरै थियौ,
हो, असाध्यै थोरै अनि त्यहाँ तिमीहरू परदेशी थियौ।+
२० तिनीहरू एउटा राष्ट्रबाट अर्को राष्ट्रमा;
एउटा राज्यबाट अर्को राज्यमा गए।+
२१ तर उहाँले कसैलाई तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन;+
तिनीहरूको खातिर उहाँले राजाहरूलाई समेत हप्काउनुभयो,+
२२ उहाँले भन्नुभयो, ‘मेरा अभिषिक्त जनहरूलाई नछोओ,
मेरा भविष्यवक्ताहरूलाई कुनै हानि नगर।’+
२३ हे सारा पृथ्वी, यहोवाको निम्ति गाओ!
उहाँले गर्नुहुने उद्धारबारे हरदिन घोषणा गर!+
२४ जातिजातिहरूमाझ उहाँको गौरवको बखान गर,
सारा मानिसलाई उहाँका अचम्मलाग्दा कामहरूबारे बताओ।
२५ किनकि यहोवा महान् हुनुहुन्छ; प्रशंसा पाउन सबैभन्दा योग्य हुनुहुन्छ।
उहाँ अरू सबै देवताभन्दा भययोग्य हुनुहुन्छ।+
२८ हे जातिजातिका घरानाहरू हो, यहोवाको आदर गर,
यहोवाको मान गर किनकि उहाँ महिमावान् र शक्तिशाली हुनुहुन्छ।+
पवित्र पोसाक लगाएर* यहोवालाई दण्डवत् गर।*+
३० हे पृथ्वीका मानिसहरू हो, उहाँसामु थरथर काँप!
पृथ्वीलाई बलियोगरि स्थिर पारिएको छ, त्यसलाई हल्लाउन सकिँदैन।+
३२ समुद्र र त्यसमा भएका सबै थोक गर्जून्;
मैदान र त्यसमा भएका सबै कुरा हर्षित होऊन्।
३३ जङ्गलका रूखहरूले पनि सँगसँगै यहोवासामु जयजयकार गरून्,
किनकि उहाँ सारा पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ।*
३५ तिमीहरू यसो भन, ‘हे उद्धार गर्नुहुने परमेश्वर, हामीलाई जोगाउनुहोस्,+
हामीलाई जम्मा गरेर जातिजातिहरूको हातबाट छुटाउनुहोस्
र हामीले तपाईँको पवित्र नामको गुणगान गाउन सकौँ,+
रमाई-रमाई तपाईँको प्रशंसा गर्न सकौँ।+
तब सबै मानिसले भने, “आमिन!”* अनि तिनीहरूले यहोवा परमेश्वरको प्रशंसा गरे।
३७ त्यसपछि दाउदले आसाप+ र उनका दाजुभाइलाई यहोवा परमेश्वरको करारको सन्दुकसामु खटाए ताकि तिनीहरूले दैनिक तालिकाअनुसार+ निरन्तर त्यहाँ सेवा गर्न सकून्।+ ३८ तिनले ओबेद-एदोम र तिनका ६८ जना दाजुभाइलाई पनि त्यहाँ खटाए। अनि यदुथुनका छोरा ओबेद-एदोम र होसालाई ढोकेको जिम्मा दिए। ३९ पुजारी सादोक+ र उनीसित सेवा गर्ने पुजारीहरू गिबोनको अग्लो थानमा* यहोवा परमेश्वरको वासस्थानअगाडि* सेवा गर्न खटाइएका थिए।+ ४० उनीहरूले अग्निभेटी चढाउने वेदीमा हरेक बिहान र बेलुकी यहोवा परमेश्वरको निम्ति भेटी चढाउँथे अनि यहोवा परमेश्वरले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थामा लेखिएका सबै विधि पालन गर्थे।+ ४१ उनीहरूसँग हेमान, यदुथुन+ र बाँकी मानिसहरू पनि थिए, जसलाई यहोवा परमेश्वरलाई धन्यवाद चढाउन रोजिएको थियो+ किनकि “उहाँको अटल प्रेम कहिल्यै टल्दैन।”+ ४२ उनीहरूसँगै भएका हेमान+ र यदुथुनलाई बिगुल, झ्याली र साँचो परमेश्वरको प्रशंसामा प्रयोग गरिने अन्य बाजा बजाउन खटाइएको थियो। यदुथुनका छोराहरूचाहिँ+ ढोकाको निगरानी गर्न खटाइएका थिए। ४३ त्यसपछि सबै मानिस आ-आफ्नो घर फर्के अनि दाउदचाहिँ आफ्नो घरानालाई आशिष् दिन गए।