यसैया
२८ एप्रैमका जँड्याहाहरूको+ देखावटी* मुकुटलाई* धिक्कार छ!
ओइलाउँदै गरेको त्यसको सुन्दर फूललाई धिक्कार छ!
जुन रक्सीले लट्ठिएका मानिसहरू बस्ने मलिलो बेँसीको शिरमा सजिएको छ।
२ हेर! यहोवाले एक बलियो र शक्तिशाली जन पठाउनुहुनेछ।
गर्जनसहित पर्ने असिना र विनाशकारी आँधीले जस्तै,
उर्लँदो बाढीले ल्याउने डरलाग्दो तुफानले जस्तै
तिनले त्यसलाई पृथ्वीमा हुर्ऱ्याइदिनेछन्।
४ अनि ओइलाउँदै गरेको त्यसको सुन्दर फूल,
जुन मलिलो बेँसीको शिरमा सजिएको छ,
त्यो ग्रीष्म ऋतु आउनुअघि नै पाकेको अन्जिरझैँ हुनेछ,
जसलाई कसैले देख्नेबित्तिकै हत्केलामा लिएर क्वाप्प खाइहाल्छ।
५ त्यस दिन सेनाहरूका यहोवा बाँकी रहेका आफ्ना मानिसहरूका लागि शानदार मुकुट र सुन्दर फूलमाला बन्नुहुनेछ।+ ६ अनि उहाँले न्यायासनमा बस्नेहरूलाई इन्साफ गर्ने समझ* दिनुहुनेछ। मूलढोकामा शत्रुहरूसित लड्नेहरूका लागि उहाँ शक्तिको स्रोत बन्नुहुनेछ।+
७ पुजारी र भविष्यवक्ताहरू पनि रक्सीले बहकिएका छन्।
मात लागेर तिनीहरू लर्खराउँछन्।
रक्सी खाएर तिनीहरू बहकिएका छन्।
रक्सीले गर्दा तिनीहरू अलमलमा पर्छन्।
नशा चढेकोले तिनीहरू लर्खराउँछन्।
तिनीहरूले देखेको दर्शनले* तिनीहरूलाई बहकाउँछ
र तिनीहरू सही न्याय गर्न सक्दैनन्।+
८ किनकि तिनीहरूका टेबुलहरू घिनलाग्दो बान्तै बान्ताले भरिएका छन्।
तिनीहरूले बान्ता नगरेको ठाउँ कुनै छैन।
९ तिनीहरू भन्छन्, “ऊ कसलाई ज्ञान दिन खोज्दै छ?
कसलाई आफ्नो सन्देश सुनाउन खोज्दै छ?
के हामी भर्खरै दूध छोडेका बालकहरू हौँ?
भर्खरै आमाको स्तनबाट अलग गरिएका बच्चाहरू हौँ?
१० किनकि ऊ घरीघरी यसो भन्छ, ‘आदेशमाथि आदेश, आदेशमाथि आदेश!
नियममाथि नियम,* नियममाथि नियम!+
अलिकता यहाँ, अलिकता त्यहाँ।’”*
११ त्यसैले उहाँ भकभके र विदेशी भाषा बोल्ने मानिसहरूमार्फत यिनीहरूसित कुरा गर्नुहुनेछ।+ १२ एकपटक उहाँले तिनीहरूलाई यसो भन्नुभएको थियो: “यो विश्राम गर्ने ठाउँ हो। थाकेकाहरू यहाँ आएर आराम गरून्। यो स्फूर्ति दिने ठाउँ हो।” तर तिनीहरूले सुन्दै सुनेनन्।+ १३ त्यसैले यहोवाले तिनीहरूलाई यसो भन्नुहुनेछ:
“आदेशमाथि आदेश, आदेशमाथि आदेश!
नियममाथि नियम,* नियममाथि नियम!+
अलिकता यहाँ, अलिकता त्यहाँ।”
तर तिनीहरूले सुन्नेछैनन्।
त्यसैले तिनीहरू ठक्कर खाएर लड्नेछन् र तिनीहरूको पिठिउँ बजारिनेछ।
तिनीहरू घाइते हुनेछन्, पासोमा पर्नेछन् र पक्राउ पर्नेछन्।+
१४ त्यसैले ए धाक लगाउनेहरू हो, ए यरुसलेमका बासिन्दाहरूमाथि शासन गर्नेहरू हो!
यहोवाको वचन सुन!
१५ किनकि तिमीहरू यसो भन्छौ:
“हामीले मृत्युसित करार बाँधेका छौँ।+
अचानक बाढी उर्लेर आए तापनि
त्यसले हामीलाई भेट्टाउनेछैन।
किनकि हामीले झूटलाई आफ्नो शरणस्थान बनाएका छौँ
र छलकपटको आडमा हामी लुकेका छौँ।”+
१६ त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ:
“म सियोनको जग बसाल्न पारख गरिएको ढुङ्गा हाल्दै छु,+
त्यो कुनाको अनमोल ढुङ्गा,+ जसले जगलाई बलियो बनाउनेछ।+
अनि त्यसमाथि विश्वास गर्ने कोही पनि आत्तिनुपर्नेछैन।+
१७ अनि म न्यायलाई नाप्ने डोरी बनाउनेछु+
र न्यायोचित कामलाई साहुल* बनाउनेछु।+
तिनीहरूको झूटको शरणस्थानलाई असिनाले सखाप पारिदिनेछ
अनि लुक्ने ठाउँलाई बाढीले बगाइदिनेछ।
१८ मृत्युसित तिमीहरूले गरेको करार रद्द हुनेछ।
अनि चिहानसित* तिमीहरूले गरेको सम्झौता टिक्नेछैन।+
अचानक बाढी उर्लेर आउँदा
त्यसले तिमीहरूलाई तहसनहस पार्नेछ।
१९ जब-जब त्यो बाढी उर्लन्छ,
तब-तब त्यसले तिमीहरूलाई बगाएर लग्नेछ।+
त्यो हरेक बिहान उर्लनेछ;
दिउँसो अनि राती पनि उर्लनेछ।
त्रासले छोपेपछि मात्र आफूले सुनेको सन्देश तिनीहरूले बुझ्नेछन्।”*
२० किनकि लम्पसार पर्नलाई ओछ्यान अति सानो छ
अनि ओढ्नलाई कम्बल निकै छोटो छ।
२१ जसरी पेराजिम डाँडामा यहोवा उठ्नुभएको थियो, त्यसरी नै उहाँ फेरि उठ्नुहुनेछ।
जसरी गिबोन नजिकैको बेँसीमा उहाँ खडा हुनुभएको थियो,+ त्यसरी नै उहाँ फेरि खडा हुनुहुनेछ।
आफ्नो अनौठो काम पूरा गर्नलाई,
हो, आफ्नो असाधारण काम पूरा गर्नलाई उहाँ उठ्नुहुनेछ।+
२२ खिसी नगर+
नत्र त तिमीहरूको बन्धन अझ कसिनेछ।
किनकि पूरै पृथ्वीलाई नाश गर्ने निधो भएको छ+ भनेर
मैले ब्रह्माण्डका मालिक, सेनाहरूका यहोवाबाट सुनेको छु।
२३ कान थापेर मेरो कुरा सुन।
म जे भन्छु, त्यो ध्यान दिएर सुन।
२७ कालो जीरालाई दाँदे लगाएर मसिनो धुलो पारिँदैन+
र जीरालाई गाडाको पाङ्ग्राले पेलिँदैन।
बरु कालो जीरालाई लौरोले
अनि जीरालाई लट्ठीले चुटिन्छ।