भजनसङ्ग्रह
बिन्यामिन कुलको कुसले भनेको कुराले गर्दा दाउदले यहोवासामु गाएको शोकगीत।
७ हे यहोवा, मेरा परमेश्वर, तपाईँमा मैले शरण लिएको छु।+
मेरो खेदो गर्नेहरूबाट मलाई बचाउनुहोस् र मलाई छुटाउनुहोस्।+
२ नत्र त तिनीहरूले मलाई सिंहले जस्तै लुछ्नेछन्,+
मलाई लैजानेछन् र कसैले मलाई छुटाउन सक्नेछैन।
३ हे यहोवा, मेरा परमेश्वर, मैले केही बिराएको भए,
मैले अन्याय गरेको भए,
५ मेरो शत्रुले मलाई खेदोस् र मलाई पक्रोस्;
त्यसले मलाई भुईँमा कुल्चीमिल्ची गरेर मारोस्
र मेरो गौरव धुलोमा मिलाइदेओस्। (सेला)
६ हे यहोवा, उठ्नुहोस्! आफ्नो रिस प्रकट गर्नुहोस्,
मेरा शत्रुहरूको रिसविरुद्ध खडा हुनुहोस्;+
मेरो लागि जाग्नुहोस् र न्यायको आज्ञा दिनुहोस्।+
७ जातिजातिहरूले तपाईँलाई घेर्नेछन्
र तपाईँले तिनीहरूविरुद्ध उच्च स्थानबाट कदम चाल्नुहुनेछ।
८ यहोवाले जातिजातिबारे फैसला सुनाउनुहुनेछ।+
हे यहोवा, मेरो धार्मिकता र निष्ठाअनुसार
मेरो निसाफ गर्नुहोस्।+
९ बिन्ती छ, दुष्टहरूको दुष्कर्मको अन्त गरिदिनुहोस्
र न्याय स्थापित गरिदिनुहोस्+
किनकि तपाईँ हृदय+ अनि गहिरो भावना+ जाँच्ने* न्यायी परमेश्वर हुनुहुन्छ।+
१० परमेश्वर मेरो ढाल हुनुहुन्छ,+ सोझो मन भएकाहरूको उद्धारक हुनुहुन्छ।+
११ परमेश्वर निष्पक्ष न्यायाधीश हुनुहुन्छ,+
उहाँ सधैँ दुष्टहरूविरुद्ध न्यायदण्ड सुनाउनुहुन्छ।
१२ कसैले पश्चात्ताप गरेन भने+
उहाँ आफ्नो तरबारमा सान लगाउनुहुन्छ;+
उहाँ आफ्नो धनुमा ताँदो चढाउनुहुन्छ।+
१३ उहाँ आफ्नो घातक हतियार तयार पार्नुहुन्छ;
उहाँ आफ्नो अग्निबाण तयार पार्नुहुन्छ।+
१४ दुष्टता गर्भधारण गर्नेलाई हेर;
ऊ समस्याको जन्मदाता र झूटको बुबा हो।+
१५ उसले खाल्टो खन्छ र त्यसलाई गहिरो बनाउँछ
तर ऊ आफूले खनेको खाल्टोमा आफै पर्छ।+
१६ उसले ल्याएको विपत्ति उसकै शिरमा पर्नेछ;+
उसले गरेको अत्याचार उसकै थाप्लोमा पर्नेछ।