दोस्रो राजा
२४ यहोयाकिमको शासनकालमा बेबिलोनका राजा नबुकद्नेजर+ यरुसलेमलाई आक्रमण गर्न आए। तिनले तीन वर्षसम्म राजा नबुकद्नेजरको चाकरी गर्नुपऱ्यो। तर पछि तिनले विद्रोह गरे। २ त्यसपछि यहोवा परमेश्वरले कल्दियाली,+ सिरियाली, मोआबी र अम्मोनी लुटेराहरू पठाउन थाल्नुभयो। आफ्ना भविष्यवक्ताहरूमार्फत भनेअनुसारै यहोवा परमेश्वरले यहुदालाई नाश गर्न लुटेराहरू पठाइरहनुभयो।+ ३ यहोवा परमेश्वरको आदेशअनुसारै यहुदामा यस्तो भएको थियो। यहुदालाई आफ्नो सामनेबाट हटाउन उहाँले त्यसो गर्नुभयो।+ किनभने मनस्सेले परमेश्वरको आज्ञा पालन नगरेर थुप्रै पाप गरेका थिए+ ४ अनि यरुसलेममा निर्दोष मानिसहरूको रगत पनि बगाएका थिए।+ त्यसैले यहोवा परमेश्वरले यहुदालाई क्षमा दिन चाहनुभएन।+
५ यहोयाकिमको जीवनकालका बाँकी घटनाहरू र तिनले गरेका सबै काम यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्।+ ६ तिनी आफ्ना पितृहरूसितै सुते।+ तिनीपछि तिनका छोरा यहोयाकिन राजा भए।
७ मिश्रका राजाले फेरि कहिल्यै आफ्नो सेनालाई देशबाहिर पठाएनन्। किनकि बेबिलोनका राजाले मिश्रका+ राजाको सबै इलाका—मिश्रको वादीदेखि*+ युफ्रेटिस नदीसम्मको+ सबै इलाका कब्जा गरेका थिए।
८ राजा हुँदा यहोयाकिन+ १८ वर्षका थिए र उनले यरुसलेममा तीन महिना शासन गरे।+ उनकी आमाको नाम नेहुस्ता थियो। तिनी यरुसलेममा बस्ने एल्नातानकी छोरी थिइन्। ९ उनले आफ्ना बुबाले जस्तै यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे। १० त्यही समयतिर बेबिलोनका राजा नबुकद्नेजरका सेवकहरू यरुसलेम आए र त्यसलाई घेराबन्दी गरे।+ ११ यरुसलेम घेराबन्दीमा परेको बेला बेबिलोनका राजा नबुकद्नेजर त्यहाँ आए।
१२ यहुदाका राजा यहोयाकिन आफ्नी आमा, आफ्ना सेवकहरू, भारदारहरू र दरबारका अफिसरहरूलाई लिएर+ बेबिलोनका राजासामु गए+ र आत्मसमर्पण गरे। तब बेबिलोनका राजाले उनीहरूलाई बन्दी बनाएर लगे। त्यसबेला राजा नबुकद्नेजरको शासनकालको आठौँ वर्ष चलिरहेको थियो।+ १३ बेबिलोनका राजाले यहोवा परमेश्वरको भवनमा र राजमहलमा भएका सबै धनसम्पत्ति लगे+ अनि यहोवा परमेश्वरको मन्दिरको निम्ति इस्राएलका राजा सुलेमानले बनाएको सुनका सबै भाँडाकुँडा पनि टुक्राटुक्रा पारेर लगे।+ यसरी यहोवा परमेश्वरले गर्नुभएको भविष्यवाणी पूरा भयो। १४ बेबिलोनका राजाले यरुसलेमका भारदारहरू,+ वीर योद्धाहरू, शिल्पकारहरू र धातुको काम गर्नेहरूलगायत सबैलाई+—जम्मा १० हजार जनालाई बन्दी बनाएर लगे। तिनले असाध्यै गरिबहरूलाई मात्र लगेनन्।+ १५ यसरी तिनले यरुसलेमबाट यहोयाकिनका+ साथै राजमाता, रानीहरू, दरबारका अफिसरहरू र देशका गण्यमान्य मानिसहरूलाई बन्दी बनाएर बेबिलोन लगे।+ १६ साथै बेबिलोनका राजाले सबै तालिमप्राप्त वीर पुरुषहरूलाई पनि लगे। तिनले बन्दी बनाएका योद्धाहरूको सङ्ख्या ७ हजार थियो। अनि कारिगर र धातुको काम गर्नेहरूको सङ्ख्याचाहिँ १ हजार थियो। १७ बेबिलोनका राजाले यहोयाकिनको ठाउँमा यहोयाकिनका काका+ मत्तन्याहलाई राजा बनाए। तिनले मत्तन्याहको नाम परिवर्तन गरेर सिदकियाह+ राखिदिए।
१८ राजा हुँदा सिदकियाह २१ वर्षका थिए र उनले यरुसलेममा ११ वर्ष शासन गरे। उनकी आमाको नाम हमुतल+ थियो। तिनी लिब्नाहमा बस्ने यर्मियाकी छोरी थिइन्। १९ सिदकियाहले पनि यहोयाकिमले जस्तै यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+ २० यहोवा परमेश्वर यरुसलेम र यहुदासित रिसाउनुभएकोले उहाँले तिनीहरूलाई आफ्नो सामुन्नेबाट हटाउन यस्तो विपत्ति ल्याउनुभयो।+ अनि सिदकियाहले बेबिलोनका राजाको विद्रोह गरे।+