भजनसङ्ग्रह
निर्देशकलाई; दाउदको रचना।
१४ मूर्खले मनमनै भन्छ:
“यहोवा हुनुहुन्न।”+
तिनीहरूका कामहरू भ्रष्ट र घृणित छन्।
असल काम गर्ने कोही छैन।+
२ तर बुद्धिमान्* कोही छ कि, यहोवालाई खोज्ने कोही छ कि भनेर
यहोवा स्वर्गबाट मानिसहरूलाई हेर्नुहुन्छ।+
३ तिनीहरू सबै तर्केका छन्;+
तिनीहरू सबै भ्रष्ट भएका छन्।
असल काम गर्ने कोही छैन,
अहँ, एक जना पनि छैन।
४ के दुष्टहरूमध्ये कसैको पनि समझ छैन?
तिनीहरू मेरा मानिसहरूलाई रोटीझैँ खर्लप्प पार्छन्।
तिनीहरू यहोवालाई पुकार्दैनन्।
५ तर तिनीहरूलाई त्रासले छोप्नेछ+
किनभने यहोवा धर्मीहरूको पुस्तासित हुनुहुन्छ।
६ तिमी दुष्टहरू दीनदुःखीको योजना विफल पार्ने कोसिस गर्छौ
तर यहोवा दीनदुःखीको शरणस्थान हुनुहुन्छ।+
७ इस्राएलको उद्धार सियोनबाटै आओस्!+
कैदमा परेका आफ्ना मानिसहरूलाई यहोवाले फर्काउनुहुँदा
याकुब रमाओस्, इस्राएल आनन्दित होस्!