यहोसु
४ सबै इस्राएलीले यर्दन नदी पार गरेपछि यहोवा परमेश्वरले यहोसुलाई भन्नुभयो: २ “इस्राएलीहरूको हरेक कुलबाट एक-एक गरी १२ जना पुरुष छान+ ३ अनि तिनीहरूलाई यस्तो आज्ञा देऊ: ‘यर्दन नदीको बीचमा जहाँ पुजारीहरू उभिरहेका छन्,+ त्यहाँबाट १२ वटा ढुङ्गा बोकेर ल्याऊ र राती बास बस्ने ठाउँमा ती ढुङ्गाहरू थुपार।’”+
४ तब यहोसुले इस्राएलीहरूको हरेक कुलबाट छानेका ती १२ जना पुरुषलाई बोलाए ५ र यसो भने: “तिमीहरू यर्दन नदीको बीचमा यहोवा तिमीहरूका परमेश्वरको करारको सन्दुकको* अगाडि जाऊ र इस्राएलीहरूका कुलको सङ्ख्याअनुसार एउटा-एउटा ढुङ्गा आफ्नो काँधमा बोकेर ल्याऊ। ६ यो तिमीहरूको लागि एउटा चिन्ह हुनेछ। अनि पछि तिमीहरूका छोराछोरीले ‘यी ढुङ्गाहरू किन यहाँ छन्’ भनेर सोधेमा+ ७ तिमीहरूले यस्तो जवाफ दिनू: ‘यहोवा परमेश्वरको करारको सन्दुकको अगाडि यर्दन नदीको पानी बग्न बन्द भएको थियो।+ त्यसलाई यर्दनपारि नपुऱ्याउन्जेल नदीको पानी रोकिएको थियो। यी ढुङ्गाहरू इस्राएलीहरूको निम्ति सधैँभरिको लागि सम्झनाको चिन्ह हुनेछ।’”+
८ त्यसैले इस्राएलीहरूले यहोसुको आज्ञाअनुसारै गरे। यहोवा परमेश्वरले यहोसुलाई निर्देशन दिनुभएबमोजिम तिनीहरूले यर्दन नदीको बीचबाट इस्राएलीहरूका कुलको सङ्ख्याबराबर १२ वटा ढुङ्गा लिए। अनि राती बास बस्ने ठाउँसम्म तिनीहरूले ती ढुङ्गा बोकेर लगे र त्यहीँ थुपारे।
९ यर्दन नदीको बीचमा जहाँ पुजारीहरू करारको सन्दुक बोकेर उभिरहेका थिए,+ यहोसुले त्यहाँ पनि १२ वटा ढुङ्गा राखे। ती ढुङ्गाहरू आजसम्म त्यहीँ छन्।
१० मोसाले यहोसुलाई जे-जे अह्राएका थिए अनि यहोवा परमेश्वरले यहोसुलाई जे-जे आज्ञा दिनुभएको थियो, ती सबै इस्राएलीहरूले नगरुन्जेल करारको सन्दुक बोकेका पुजारीहरू यर्दन नदीको बीचमा उभिरहे। अनि त्यतिन्जेल इस्राएलीहरूले छिटोछिटो यर्दन नदी पार गरे। ११ सबै इस्राएलीले नदी पार गरिसकेपछि यहोवाको सन्दुक बोकेका पुजारीहरूले पनि तिनीहरूकै आँखाअगाडि यर्दन नदी पार गरे।+ १२ रुबेनको कुल, गादको कुल अनि मनस्सेको आधा कुलचाहिँ मोसाले तिनीहरूलाई आज्ञा गरेअनुसारै+ अरू इस्राएलीहरूभन्दा अघिअघि सेनाजस्तै दल-दल बनाएर+ नदी पार गरे। १३ लडाइँको लागि तयार भएका लगभग ४० हजार सिपाही यहोवा परमेश्वरको सामने नदी पार गरेर यरिहोको मरुभूमितिर लागे।
१४ त्यो दिन यहोवा परमेश्वरले सबै इस्राएलीको नजरमा यहोसुलाई उच्च पार्नुभयो+ र तिनीहरूले यहोसुलाई तिनी बाँचुन्जेल मोसालाई जस्तै गहिरो आदर गरे।*+
१५ यहोवा परमेश्वरले यहोसुलाई भन्नुभयो: १६ “साक्षीपाटी* राखिएको सन्दुक+ बोकेका पुजारीहरूलाई यर्दन नदीबाट निस्किने आज्ञा देऊ।” १७ तब यहोसुले पुजारीहरूलाई यस्तो आज्ञा दिए: “यर्दन नदीबाट निस्क।” १८ यहोवाको करारको सन्दुक बोकेका पुजारीहरूले+ यर्दन नदीको बीचबाट निस्केर सुक्खा जमिनमा पाइला टेक्नेबित्तिकै पानी बग्न थाल्यो र पहिलाजस्तै किनारासम्मै पानी उर्लेर आयो।+
१९ यसरी पहिलो महिनाको दसौँ दिन इस्राएलीहरूले यर्दन नदी पार गरे र यरिहोको पूर्वपट्टिको सिमाना गिलगालमा पाल टाँगे।+
२० तिनीहरूले यर्दन नदीबाट ल्याएका १२ वटा ढुङ्गा यहोसुले गिलगालमा थुपारे।+ २१ त्यसपछि तिनले इस्राएलीहरूलाई भने: “पछि तिमीहरूका बालबच्चाले तिमीहरूलाई यस्तो प्रश्न गर्लान्: ‘यी ढुङ्गाहरू यहाँ किन राखेको?’+ २२ तब तिमीहरूले यसरी बुझाउनू: ‘इस्राएलीहरूले सुक्खा जमिन हुँदै यर्दन नदी पार गरे।+ २३ जसरी हामीले लाल समुद्र पार गर्दा यहोवा तिमीहरूका परमेश्वरले हाम्रै अगाडि समुद्रको पानी सुकाइदिनुभएको थियो, त्यसरी नै हामीले यर्दन नदी पार नगरुन्जेल यहोवा तिमीहरूका परमेश्वरले हाम्रै अगाडि नदीको पानी सुकाइदिनुभयो।+ २४ पृथ्वीका सबै मानिसले यहोवा परमेश्वरको हात कत्ति शक्तिशाली छ भनेर थाह पाऊन् र तिमीहरूले सधैँ यहोवा आफ्ना परमेश्वरको डर मान भनेर उहाँले यस्ता चमत्कारहरू गर्नुभएको थियो।’”+