भजनसङ्ग्रह
निर्देशकलाई; मास्किल।* एदोमी दोएगले दाउद अहिमेलेकको घरमा आएका छन् भनी साउललाई खबर दिएको बेला दाउदले रचेको भजन।+
५२ ए शक्तिशाली मानिस, तँ किन आफ्नो दुष्ट काममा घमन्ड गर्छस्?+
परमेश्वरको अटल प्रेम सदा रहन्छ भनी के तँलाई थाह छैन?+
३ तँ असल कुरालाई भन्दा दुष्ट कुरालाई मन पराउँछस्,
सत्य बोल्नुभन्दा झूट बोल्न तँलाई मन पर्छ। (सेला)
४ ए छली जिब्रो!
हानि पुऱ्याउने हरेक बोली तँलाई मन पर्छ।
५ त्यसकारण परमेश्वरले तेरो नामोनिसान नरहनेगरि तँलाई नाश गर्नुहुनेछ।+
उहाँले तँलाई च्याप्प समातेर पालबाट घिसार्दै बाहिर निकाल्नुहुनेछ।+
जीवितहरूको देशबाट उहाँले तँलाई उखेलिदिनुहुनेछ।+ (सेला)
६ धर्मीहरूले त्यो देख्नेछन् र तिनीहरूको हृदय परमेश्वरप्रति श्रद्धाले भरिनेछ।+
दुष्ट काम गर्ने मानिसलाई तिनीहरूले यसरी हाँसोमा उडाउनेछन्:+
७ “परमेश्वरमा शरण नलिने* मानिस यही हो,+
त्यसले आफ्नो अकुत सम्पत्तिमाथि भरोसा गऱ्यो+
अनि आफ्नै दुष्ट योजनाहरूमा त्यो भर पऱ्यो।”*