भजनसङ्ग्रह
א [आलेफ]
आनन्दित हो त्यो मानिस, जसले यहोवाको डर मान्छ,+
ב [बेथ]
जो उहाँका आज्ञाहरूमा ज्यादै रमाउँछ।+
ג [गिमेल]
२ उसका सन्तान पृथ्वीमा शक्तिशाली हुनेछन्
ד [दालेथ]
अनि सोझाहरूको पुस्ताले आशिष् पाउनेछ।+
ה [हे]
३ उसको घरमा धनसम्पत्ति हुन्छ
ו [वाव]
अनि उसको धार्मिकता सदा रहिरहन्छ।
ז [जयिन]
४ उहाँ सोझाहरूको लागि अन्धकारमा ज्योतिजस्तै चम्किनुहुन्छ।+
ח [हेत]
उहाँ दयालु, कृपालु+ र न्यायी हुनुहुन्छ।
ט [टेथ]
५ उदार भई ऋण दिने मानिसको भलो हुन्छ।+
י [योद]
उसले आफ्नो सबै काम न्यायसाथ गर्छ।
כ [काफ]
ל [लामेद]
धर्मी मानिसको सधैँ सम्झना गरिनेछ।+
מ [मेम]
נ [नुन]
यहोवामा भरोसा राखेकोले उसको मन स्थिर रहन्छ।+
ס [सामेख]
८ उसको मन दृढ* छ; ऊ डराउँदैन;+
ע [अयिन]
आखिरमा उसले आफ्ना शत्रुहरूको पराजय देख्नेछ।+
פ [पे]
९ उसले उदारतासाथ बाँडेको छ; उसले गरिबहरूलाई दिएको छ।+
צ [सादे]
उसको धार्मिकता सधैँभरि टिकिरहन्छ।+
ק [कोफ]
उसको शक्तिको* महिमा बढ्दै जानेछ।
ר [रेश]
१० दुष्टले त्यो देख्नेछ र त्यसको मन कुँडिनेछ।
ש [शिन]
त्यसले दाह्रा किट्नेछ र त्यो नाश हुनेछ।
ת [ताव]
दुष्टको चाहना कहिल्यै पूरा हुनेछैन।+