जकरिया
४ मसित कुरा गरिरहेका स्वर्गदूत फेरि आए अनि कसैलाई निद्राबाट ब्युँझाएझैँ गरी तिनले मलाई ब्युँझाए। २ त्यसपछि तिनले मलाई सोधे: “तिमीले के देख्यौ?”
तब मैले जवाफ दिएँ: “मैले सुनको एउटा पानस देखेँ।+ पानसमाथि एउटा कचौरा पनि छ। अनि पानसको हरेक टुप्पोमा एकएक वटा दियो छ। पानसमा भएका यी सात वटा दियोमा+ सात वटा नली छन्। ३ अनि पानसको छेउमा जैतुनका दुइटा रूख+ छन्; एउटा कचौराको दायाँपट्टि र अर्को बायाँपट्टि।”
४ त्यसपछि मसित कुरा गरिरहेका स्वर्गदूतलाई मैले सोधेँ: “हे मेरा प्रभु, यी सबै कुराको अर्थ के हो?” ५ मसित कुरा गरिरहेका स्वर्गदूतले मलाई सोधे: “के तिमीलाई यी सबै कुराको अर्थ थाह छैन?”
अनि मैले जवाफ दिएँ: “अहँ, थाह छैन, मेरा प्रभु।”
६ तब तिनले मलाई भने: “यरुबाबेलको लागि यहोवा परमेश्वरको यस्तो सन्देश छ: ‘“न कुनै सैन्य शक्तिले न त मानिसको बलले+ तर मेरो शक्तिले,”+ सेनाहरूका यहोवा भन्नुहुन्छ। ७ ए विशाल पर्वत, तँ को होस्? यरुबाबेलको+ अगाडि तँ समतल जमिन* हुनेछस्।+ अनि तिनले टाकुराको ढुङ्गा ल्याउँदा यस्तो आवाज गुञ्जनेछ: “आहा! कस्तो राम्रो! कस्तो राम्रो!”’”
८ त्यसपछि फेरि यहोवा परमेश्वरको यस्तो वचन मकहाँ आयो: ९ “यरुबाबेलको हातले यस भवनको जग हालेको हो+ अनि तिनकै हातले यो भवन बनाउने काम पूरा पनि गर्नेछ।+ अनि सेनाहरूका यहोवाले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरूले जान्नेछौ। १० सानो सुरुवातको* दिनलाई कसैले तुच्छ नठानोस्।+ किनकि यरुबाबेलको हातमा साहुल* देखेर मानिसहरू रमाउनेछन्। यी सात यहोवा परमेश्वरका आँखा हुन्, जसले पृथ्वीमा चारैतिर दृष्टि लगाइरहन्छन्।”+
११ तब मैले तिनलाई सोधेँ: “पानसको दायाँपट्टि र बायाँपट्टि भएका दुइटा जैतुनको रूखको अर्थ के हो?”+ १२ मैले तिनलाई दोस्रो पटक सोधेँ: “जैतुनका यी दुई हाँगाको* अर्थचाहिँ के हो, जसले सुनको दुइटा नलीबाट सुनौलो तेल खन्याइरहेको छ?”
१३ त्यसैले तिनले मलाई सोधे: “के तिमीलाई यी सबै कुराको अर्थ थाह छैन?”
अनि मैले जवाफ दिएँ: “अहँ, थाह छैन, मेरा प्रभु।”
१४ तिनले भने: “यी दुई अभिषिक्त जन हुन्, जो सारा पृथ्वीका मालिकको छेउमा उभिरहेका छन्।”+