भजनसङ्ग्रह
निर्देशकलाई; सेमिनिथको* सुरमा तारे बाजाहरूसित बजाउने। दाउदले रचेको भजन।
६ हे यहोवा, तपाईँको रिसमा मलाई नहप्काउनुहोस्
र तपाईँको क्रोधमा मलाई नसुधार्नुहोस्।+
२ हे यहोवा, मलाई अनुग्रह* देखाउनुहोस्, म कमजोर हुँदै छु।
मेरा हड्डीहरू काँपिरहेका छन्; हे यहोवा, मलाई निको पार्नुहोस्।+
४ हे यहोवा, आउनुहोस् र मलाई छुटकारा दिनुहोस्;+
मलाई बचाउनुहोस् किनकि तपाईँ अटल प्रेमले भरिपूर्ण हुनुहुन्छ।+
५ किनकि मृत्युको काखमा परेपछि कसले तपाईँलाई पुकार्न सक्छ?*
६ सुस्केरा हाल्दा-हाल्दा म थाकिसकेको छु;+
रातभरि रुँदा-रुँदा मेरो ओछ्यान भिज्छ;
आँसुले मेरो सिरानी भिज्छ।+
८ ए दुष्टहरू हो, मदेखि टाढा जाओ
किनकि यहोवाले मेरो रोदन सुन्नुहुनेछ।+
९ अनुग्रहको लागि मैले पुकार्दा यहोवाले सुन्नुहुनेछ;+
यहोवाले मेरो प्रार्थनाको जवाफ दिनुहुनेछ।
१० मेरा सबै शत्रु लाजमा पर्नेछन् र भयभीत हुनेछन्;
अचानक बेइज्जती भोगेकोले तिनीहरू पछि हट्नेछन्।+