भजनसङ्ग्रह
दाउदको प्रार्थना।
१७ हे यहोवा, न्यायको लागि मैले गरेको पुकारा सुन्नुहोस्;
मेरो गुहार सुन्नुहोस्;
मेरो निष्कपट प्रार्थना सुन्नुहोस्।+
२ सही फैसला सुनाएर मलाई न्याय दिनुहोस्;+
के सही छ, तपाईँका आँखाले देखून्।
३ तपाईँले मेरो हृदय जाँच्नुभएको छ, तपाईँले राती पनि मलाई जाँच्नुभएको छ;+
तपाईँले मलाई खार्नुभएको छ;+
मैले कुनै दाउपेच गरेको छैनँ
र मेरो मुखबाट दुष्ट कुरा निस्केको छैन भनेर तपाईँले थाह पाउनुहुनेछ।
४ मानिसहरूले जेसुकै गरे पनि
मचाहिँ तपाईँको मुखबाट निस्केको वचन सुन्छु र डाँकाहरूको मार्गमा हिँड्दिनँ।+
६ हे परमेश्वर, म तपाईँलाई पुकार्छु किनभने तपाईँ मलाई जवाफ दिनुहुन्छ।+
७ हे परमेश्वर, तपाईँ ती मानिसहरूका उद्धारक हुनुहुन्छ,
जसले तपाईँका विरोधीहरूबाट बच्न तपाईँको दाहिने बाहुलीमुनि शरण लिन्छन्।
आश्चर्यजनक तरिकाले आफ्नो अटल प्रेम देखाउनुहोस्।+
९ मलाई आक्रमण गर्ने दुष्टहरूबाट
अनि मलाई घेरा हाल्ने र मार्न चाहने शत्रुहरूबाट मलाई जोगाउनुहोस्।+
१० तिनीहरू निर्दयी भएका छन्;
तिनीहरू अहङ्कारी हुँदै बोल्छन्;
११ तिनीहरूले हामीलाई उम्कनै नसक्ने गरी घेरेका छन्;+
हामीलाई जमिनमा पछार्न* तिनीहरू दाउ खोजिरहेका छन्।
१२ त्यो आफ्नो सिकारलाई धुजाधुजा पार्न पर्खिरहेको सिंहजस्तै छ,
ढुकिबसेको जवान सिंहजस्तै।
१३ हे यहोवा, त्यसविरुद्ध खडा हुन उठ्नुहोस्+ र विजयी हुनुहोस्;
आफ्नो तरबार चलाएर दुष्टबाट मेरो ज्यान जोगाउनुहोस्।