गन्ती
१ इस्राएलीहरू मिश्रबाट* निस्केर आएको दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिन+ सिनै निर्जनभूमिमा+ यहोवा परमेश्वरले मोसासित कुरा गर्नुभयो। उहाँले भेट हुने पालमा* मोसालाई यसो भन्नुभयो:+ २ “सम्पूर्ण इस्राएलीहरूको वंशअनुसार, बुबापट्टिको घरानाअनुसार अनि प्रत्येक पुरुषको नामअनुसार समुदायको एक-एक जनाको गणना लेओ।+ ३ तिमी र हारुनले इस्राएलको सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका+ सबैको नाम तिनीहरूको दल-दलअनुसार दर्ता गर्नू।”
४ “तिमीहरूले हरेक कुलबाट एक-एक जना पुरुष छान्नू; तिनीहरू आ-आफ्नो बुबापट्टिको घरानाका नाइके होऊन्।+ ५ तिमीहरूलाई साथ दिने पुरुषहरूका नाम यी नै हुन्: रुबेनको कुलबाट सेदेउरको छोरा एलिसुर;+ ६ सिमियोनको कुलबाट जुरिसद्दैको छोरा सेलुमिएल;+ ७ यहुदाको कुलबाट अम्मिनादाबको छोरा नहसोन;+ ८ इस्साकारको कुलबाट जुआरको छोरा नेथनेल;+ ९ जबुलुनको कुलबाट हेलोनको छोरा एलिआब;+ १० युसुफका छोराहरू: एप्रैमको कुलबाट+ अम्मिहुदको छोरा एलिसामा; मनस्सेको कुलबाट पदाजुरको छोरा गमलिएल; ११ बिन्यामिनको कुलबाट गिदोनिको छोरा अबिदान;+ १२ दानको कुलबाट अम्मिसद्दैको छोरा अहिएजेर;+ १३ असेरको कुलबाट ओक्रानको छोरा पागिएल;+ १४ गादको कुलबाट दुएलको छोरा एलियासाप;+ १५ नप्तालिको कुलबाट एनानको छोरा अहिरा।+ १६ सारा समुदायबाट छानिएका पुरुषहरू यी नै हुन्। तिनीहरू आ-आफ्नो बुबापट्टिको कुलका कुलनायक,+ हजारौँ इस्राएलीका नाइके हुन्।”+
१७ त्यसैले मोसा र हारुनले परमेश्वरले रोज्नुभएका यी पुरुषहरू लिए। १८ अनि तिनीहरूले इस्राएलीहरूको नामअनुसार, वंशअनुसार र बुबापट्टिको घरानाअनुसार २० वर्ष र सोभन्दा माथिका+ प्रत्येकको नाम दर्ता गर्न दोस्रो महिनाको पहिलो दिनमा सारा समुदायलाई भेला गराए। १९ तिनीहरूले यहोवा परमेश्वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै गरे। यसरी मोसाले सिनै निर्जनभूमिमा इस्राएलीहरूको नाम दर्ता गरे।+
२० इस्राएलका जेठा छोरा रुबेनका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार लेखियो। सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका प्रत्येक पुरुषको गन्ती गरियो। २१ रुबेनको कुलबाट नाम दर्ता गरिएकाहरूको सङ्ख्या ४६ हजार ५ सय थियो।
२२ सिमियोनका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार लेखियो। सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका प्रत्येक पुरुषको गन्ती गरियो। २३ सिमियोनको कुलबाट नाम दर्ता गरिएकाहरूको सङ्ख्या ५९ हजार ३ सय थियो।
२४ गादका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार लेखियो। सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका प्रत्येक पुरुषको गन्ती गरियो। २५ गादको कुलबाट नाम दर्ता गरिएकाहरूको सङ्ख्या ४५ हजार ६ सय ५० थियो।
२६ यहुदाका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार लेखियो। सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका प्रत्येक पुरुषको गन्ती गरियो। २७ यहुदाको कुलबाट नाम दर्ता गरिएकाहरूको सङ्ख्या ७४ हजार ६ सय थियो।
२८ इस्साकारका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार लेखियो। सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका प्रत्येक पुरुषको गन्ती गरियो। २९ इस्साकारको कुलबाट नाम दर्ता गरिएकाहरूको सङ्ख्या ५४ हजार ४ सय थियो।
३० जबुलुनका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार लेखियो। सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका प्रत्येक पुरुषको गन्ती गरियो। ३१ जबुलुनको कुलबाट नाम दर्ता गरिएकाहरूको सङ्ख्या ५७ हजार ४ सय थियो।
३२ युसुफको छोरा एप्रैमका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार लेखियो। सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका प्रत्येक पुरुषको गन्ती गरियो। ३३ एप्रैमको कुलबाट नाम दर्ता गरिएकाहरूको सङ्ख्या ४० हजार ५ सय थियो।
३४ मनस्सेका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार लेखियो। सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका प्रत्येक पुरुषको गन्ती गरियो। ३५ मनस्सेको कुलबाट नाम दर्ता गरिएकाहरूको सङ्ख्या ३२ हजार २ सय थियो।
३६ बिन्यामिनका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार लेखियो। सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका प्रत्येक पुरुषको गन्ती गरियो। ३७ बिन्यामिनको कुलबाट नाम दर्ता गरिएकाहरूको सङ्ख्या ३५ हजार ४ सय थियो।
३८ दानका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार लेखियो। सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका प्रत्येक पुरुषको गन्ती गरियो। ३९ दानको कुलबाट नाम दर्ता गरिएकाहरूको सङ्ख्या ६२ हजार ७ सय थियो।
४० असेरका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार लेखियो। सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका प्रत्येक पुरुषको गन्ती गरियो। ४१ असेरको कुलबाट नाम दर्ता गरिएकाहरूको सङ्ख्या ४१ हजार ५ सय थियो।
४२ नप्तालिका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार लेखियो। सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका प्रत्येक पुरुषको गन्ती गरियो। ४३ नप्तालिको कुलबाट नाम दर्ता गरिएकाहरूको सङ्ख्या ५३ हजार ४ सय थियो।
४४ यसरी मोसाले हारुन र इस्राएलका १२ जना कुलनायकसित मिलेर नाम दर्ता गरे। यी कुलनायकहरू आ-आफ्नो कुलका मुली थिए। ४५ सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका प्रत्येक पुरुषको नाम तिनीहरूको बुबापट्टिको घरानाअनुसार दर्ता गरियो। ४६ नाम दर्ता गरिएकाहरूको जम्मा सङ्ख्या ६ लाख ३ हजार ५ सय ५० थियो।+
४७ तर लेवीहरूको+ नाम तिनीहरूको बुबापट्टिको कुलअनुसार दर्ता गरिएन।+ ४८ यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: ४९ “लेविको कुलका पुरुषहरूको नाम दर्ता नगर्नू; अरू इस्राएलीहरूको गन्ती गर्दा तिनीहरूलाई सामेल नगर्नू।+ ५० तिमीले लेवीहरूलाई साक्षीपाटी*+ राखिएको वासस्थान,* त्यसका सबै सरसामान र त्यससित सम्बन्धित सबै काममाथि नियुक्त गर्नू।+ तिनीहरूले नै वासस्थान र त्यसका सरसामान बोकून्+ र त्यहाँ सेवा गरून्।+ अनि तिनीहरूले वासस्थानको चारैतिर आ-आफ्नो पाल टाँगून्।+ ५१ वासस्थानलाई अर्को ठाउँमा लैजानुपर्दा त्यसलाई खोलखाल गर्ने काम लेवीहरूले गरून्।+ अनि वासस्थान फेरि जोडजाड गर्ने काम पनि लेवीहरूले नै गरून्। तिनीहरूबाहेक अधिकार नभएको कुनै मानिस* वासस्थानको नजिक आएमा ऊ मारियोस्।+
५२ “अनि तीन-तीन वटा कुल+ मिलेर बनेका दलहरूलाई जुन-जुन ठाउँ दिइएको छ, त्यही-त्यही ठाउँमा* हरेक इस्राएलीले आफ्नो कुलअनुसार पाल टाँगोस्। ५३ इस्राएलीहरूको सारा समुदायमाथि मेरो क्रोध नदन्कियोस् भनेर लेवीहरूले चाहिँ साक्षीपाटी राखिएको वासस्थानको चारैतिर आ-आफ्नो पाल टाँगून्+ अनि वासस्थानको हेरचाह गर्ने* जिम्मेवारी लेवीहरूले नै सम्हालून्।”+
५४ इस्राएलीहरूले यहोवा परमेश्वरले मोसालाई भन्नुभएबमोजिमै गरे। तिनीहरूले ठीक त्यसै गरे।