उकालीको गीत।
१२० सङ्कष्टमा पर्दा मैले यहोवालाई पुकारेँ +
र उहाँले मलाई जवाफ दिनुभयो।+
२ हे यहोवा, झूट बोल्ने ओठ
र छली जिब्रोबाट मलाई बचाउनुहोस्।
३ ए छली जिब्रो,+ परमेश्वरले तँलाई के गर्नुहुनेछ?
उहाँले तँलाई के सजाय दिनुहुनेछ?
४ उहाँले तँलाई योद्धाको तीखो काँड+
र जलिरहेको झाडीको भुङ्ग्रोले+ प्रहार गर्नुहुनेछ।
५ धिक्कार छ मलाई! किनकि म मेसेकमा विदेशीसरह बसिरहेको छु।+
केदारका पालहरूमा बास गरिरहेको छु।+
६ शान्तिलाई घृणा गर्नेहरूमाझ+
म बसेको धेरै भइसक्यो।
७ म शान्ति चाहन्छु तर जब म बोल्छु,
तिनीहरू लडाइँ गर्न तम्सिन्छन्।