भजनसङ्ग्रह
दाउदले रचेको भजन। मानिसहरूको लागि सम्झौटा।
३८ हे यहोवा, रिसाएर मलाई नहप्काउनुहोस्,
क्रोधले भरिएर मलाई नसुधार्नुहोस्।+
२ तपाईँका काँडहरूले मलाई भित्रसम्मै छेडेका छन्
अनि तपाईँको हातको भारले मलाई थिचेको छ।+
३ तपाईँको क्रोधको कारण मेरो पूरै शरीर रोगी भएको छ।*
मेरो पापको कारण मेरा हड्डीहरूभित्र अशान्ति मच्चिएको छ।+
४ मेरा गल्तीहरू मेरो शिरभन्दा माथि चुलिएका छन्;+
ती मेरो लागि गह्रौँ भारीजस्तै भएका छन्, म ती बोक्नै सक्दिनँ।
५ मेरो मूर्खताको कारण
मेरो घाउ सडेर गन्हाएको छ।
६ म दुःखी र ज्यादै निराश भएको छु;
सारा दिन म भारी मन लिएर हिँड्छु।
८ म मुर्छित भएको छु र चूर्ण भएको छु;
मेरो हृदयको व्याकुलताले गर्दा म ठूलो स्वरमा सुस्केरा हाल्छु।
९ हे यहोवा, मेरा सबै इच्छा तपाईँकै सामुन्ने छन्
अनि मेरो सुस्केरा तपाईँबाट लुकेको छैन।
१० मेरो ढुकढुकी बढेको छ, मेरो बल घटेको छ
र मेरा आँखाको ज्योति गइसकेको छ।+
११ मेरो रोगको कारण मेरा मित्रहरू र मलाई साथ दिनेहरू मलाई वास्तै गर्दैनन्,
मेरा मिल्ने साथीहरू मबाट टाढै रहन्छन्।
१२ मेरो ज्यान लिन खोज्नेहरूले जाल बिछ्याएका छन्;
मेरो हानि गर्न खोज्नेहरू मलाई बरबाद पार्ने कुरा गर्छन्;+
तिनीहरू दिनभरि षड्यन्त्र रच्छन्।
१४ म कान नसुन्ने मानिसजस्तै भएको छु,
जसले आफ्नो बचाउमा मुख खोल्दैन।
१५ किनकि हे यहोवा, मैले तपाईँको प्रतीक्षा गरेँ +
अनि हे यहोवा मेरा परमेश्वर, तपाईँले मलाई जवाफ दिनुभयो।+
१६ मैले भनेँ: “यदि मेरो खुट्टा चिप्लियो भने तिनीहरूले मेरो गिल्ला नगरून्
वा तिनीहरू घमन्डले नफुलून्।”
१७ किनकि म त ढल्नै लागेको थिएँ
र म हरसमय पीडाले छटपटाइरहेको थिएँ।+
१९ तर मेरा शत्रुहरू फुर्तिला र बलिया छन्,*
विनाकारण मलाई घृणा गर्नेहरू अनगिन्ती भएका छन्।
२० मैले गरेको असल कामको बदलामा तिनीहरूले खराबी गरे;
मैले जे असल छ, त्यो गर्न चाहेँ तर तिनीहरूले मलाई रोके।
२१ हे यहोवा, मलाई नत्याग्नुहोस्।
हे परमेश्वर, मबाट टाढा नहुनुहोस्।+
२२ हे यहोवा, मेरा उद्धारक,
मलाई सहायता गर्न चाँडै आउनुहोस्।+