जकरिया
२ अनि मैले मास्तिर हेरेँ र हातमा नाप्ने डोरी+ लिएको एक जना मानिसलाई देखेँ। २ तब मैले सोधेँ: “तपाईँ कहाँ जाँदै हुनुहुन्छ?”
तिनले जवाफ दिए: “यरुसलेमलाई नाप्न, त्यसको चौडाइ र लम्बाइ कति छ भनेर हेर्न।”+
३ अनि हेर, मसित कुरा गरिरहेका स्वर्गदूत त्यहाँबाट गए र अर्को स्वर्गदूत तिनलाई भेट्न आए। ४ अनि उनले तिनलाई भने: “दौडेर जाऊ र त्यस युवकलाई यसो भन, ‘“यरुसलेम पर्खालविनाको गाउँजस्तै आबाद हुनेछ+ किनकि त्यहाँ मानिस र वस्तुभाउको सङ्ख्या बढ्नेछ।+ ५ अनि म त्यसको चारैतिर आगोको पर्खाल बन्नेछु+ र त्यसको महिमा बनेर त्यसको बीचमा रहनेछु,”’”+ यहोवा परमेश्वर घोषणा गर्नुहुन्छ।
६ “आओ! आओ! उत्तरको भूमिबाट भाग,”+ यहोवा परमेश्वर घोषणा गर्नुहुन्छ।
“किनकि मैले तिमीहरूलाई आकाशका चारै बतासतिर तितरबितर पारिदिएको छु,”+ यहोवा परमेश्वर घोषणा गर्नुहुन्छ।
७ “हे सियोन, आऊ! तिमी, जो बेबिलोनकी छोरीसित बसोबास गर्दै छौ, निस्केर आऊ।+ ८ महिमाले भरिएपछि सेनाहरूका यहोवाले तिमीलाई लुट्ने राष्ट्रकहाँ मलाई पठाउनुभयो।+ उहाँ यसो भन्नुहुन्छ: ‘जसले तिमीलाई छुन्छ, उसले मेरो आँखाको नानीलाई* छुन्छ।+ ९ अब म तिनीहरूको विरुद्धमा हात उठाउनेछु अनि तिनीहरूलाई तिनीहरूको आफ्नै दासले लुट्नेछन्।’+ अनि सेनाहरूका यहोवाले नै मलाई पठाउनुभएको हो भनेर तिमीले जान्नेछौ।
१० यहोवा परमेश्वर घोषणा गर्नुहुन्छ: “हे सियोनकी छोरी,* जयजयकार गर+ किनकि म आउँदै छु+ र म तिमीसित बास गर्नेछु।+ ११ त्यस दिन थुप्रै जातिले यहोवाको पक्ष लिनेछन्+ र तिनीहरू मेरा मानिसहरू हुनेछन् अनि म तिमीसित बास गर्नेछु।” अनि सेनाहरूका यहोवाले नै मलाई तिमीकहाँ पठाउनुभएको हो भनी तिमीले जान्नेछ्यौ। १२ पवित्र भूमिमा यहोवा परमेश्वरले यहुदालाई आफ्नो भाग बनाउनुहुनेछ अनि उहाँले यरुसलेमलाई फेरि रोज्नुहुनेछ।+ १३ हे सबै मानिस हो, यहोवा परमेश्वरसामु चुपचाप बस किनकि उहाँले आफ्नो पवित्र निवासस्थानबाट कदम चाल्नुहुनेछ।