हितोपदेश
२४ कुकर्मीको डाह नगर
तिनीहरूसित सङ्गत गर्न नखोज+
२ किनकि तिनीहरू अरूलाई चोट पुऱ्याउने कुरा मात्र सोचिरहन्छन्
अनि तिनीहरूको ओठले अरूलाई दुःख दिने कुरा गरिरहन्छ।
अनि समझशक्तिले त्यसलाई बलियो बनाउँछ।
४ ज्ञानले त्यसका कोठाहरू
किसिम-किसिमका सुन्दर र बहुमूल्य खजानाले भरिदिन्छ।+
५ बुद्धिमान् मानिस शक्तिशाली हुन्छ,+
ज्ञानले गर्दा उसको शक्ति झनै बढ्छ।
६ सही निर्देशन* लिएर युद्ध लड,+
धेरै जनासँग सल्लाह लिँदा विजय* प्राप्त हुन्छ।+
७ मूर्खले साँचो बुद्धि प्राप्त गर्न सक्दैन;+
ऊसित सहरको मूलढोकामा* बताउने कुरा केही हुँदैन।
८ जसले दुष्ट योजना बनाउँछ,
उसले कुख्यात षड्यन्त्रकारीको नाम कमाउँछ।+
९ मूर्खका षड्यन्त्रहरूले पापतर्फ धकेल्छ
अनि खिल्ली उडाउने मानिसलाई अरूले घृणा गर्छन्।+
१० विपत्को दिनमा* तिमी निराश भयौ भने
तिम्रो बल घट्नेछ।
११ मार्न लगिएकाहरूलाई छुटाऊ
अनि लरखराउँदै मृत्युको मुखमा पुगेकाहरूलाई बचाऊ।+
१२ “तर हामीले थाहै पाएनौँ” भन्छौ भने
मानिसको हृदय* जाँच्नुहुनेले चाल पाउनुहुन्न र?+
जसले तिमीमाथि नजर राख्नुहुन्छ, उहाँले सबै कुरा देख्नुहुन्छ
अनि हरेक मानिसलाई उसको कामअनुसारको प्रतिफल दिनुहुन्छ।+
१३ हे मेरो छोरा, मह खाऊ किनभने त्यसले तिमीलाई फाइदा गर्छ;
चाकाबाट तपतप चुहेको मह गुलियो हुन्छ।
१४ त्यसैगरि यो कुरा बुझिराख, बुद्धिले तिम्रो भलाइ गर्छ।+
बुद्धि भेट्टायौ भने तिम्रो भविष्य उज्ज्वल हुनेछ
अनि तिम्रो आशा टुट्नेछैन।+
१५ दुष्ट मानिसजस्तो नहोऊ, जो धर्मी मानिसलाई आक्रमण गर्न उसको घरको छेउमा ढुकेर बस्छ;
धर्मी मानिसको बास बस्ने थलोलाई उजाड नपार।
१६ धर्मी मानिस सात पल्ट लड्यो भने पनि फेरि उठ्नेछ+
तर दुष्टचाहिँ विपत्ति आइपर्दा लड्नेछ।+
१७ तिम्रो शत्रु ढल्दा नरमाऊ,
उसले ठक्कर खाँदा खुसी नहोऊ+
१८ नत्र त यहोवाले त्यो देख्नुहुनेछ र उहाँ रिसाउनुहुनेछ
अनि उसलाई* कुनै दण्ड दिनुहुनेछैन।+
१९ कुकर्मी मानिसको कारण नचिढिऊ;*
दुष्ट मानिसको डाह नगर
२० किनकि कुकर्मीको भविष्य अन्धकार हुन्छ+
अनि दुष्टको दियो निभाइनेछ।+
२१ हे मेरो छोरा, यहोवाको र राजाको डर मान+
अनि विद्रोहीहरूसित सङ्गत नगर+
२२ किनकि तिनीहरूमाथि अचानक विपत्ति आइपर्नेछ।+
दुवैले* तिनीहरूलाई कस्तो दण्ड दिनुहुने हो, कसलाई के थाह!+
२३ बुद्धिमान् मानिसहरूले पनि यसो भनेका छन्:
न्याय गर्दा पक्षपात गर्नु राम्रो होइन।+
२४ जसले दुष्टलाई “तिमी धर्मी छौ” भन्छ,+
उसलाई मानिसहरूले सराप्नेछन् र जातिजातिले धिक्कार्नेछन्।
२५ तर दुष्टलाई सुधार्नेहरूको भलो हुनेछ;+
तिनीहरूले आशिष्स्वरूप असल कुराहरू पाउनेछन्।+
२६ इमानदार जवाफ दिने व्यक्तिलाई मानिसहरूले आदर गर्नेछन्।*+
२७ पहिला बाहिरको काम गर अनि खेत तयार पार;
त्यसपछि आफ्नो घर बनाऊ।*
२८ कुनै प्रमाणविना आफ्नो छिमेकीको विरुद्धमा साक्षी नदेऊ।+
आफ्ना ओठहरूले अरूलाई धोका नदेऊ।+
२९ यसो नभन्नू, “उसले मलाई जसो गऱ्यो, म पनि उसलाई त्यसै गर्नेछु;
३० अल्छी मानिसको खेतको छेउबाट म गएँ,+
मूर्ख* मानिसको अङ्गुर बगान भएर म गएँ।
३१ त्यहाँ झारैझार उम्रेको मैले देखेँ;
जमिनलाई काँडैकाँडाले ढाकेको थियो
अनि ढुङ्गाको पर्खाल पनि ढलेको थियो।+
३२ मैले त्यो हेरेँ र निकै सोचेँ;
मैले सबै देखेँ र यस्तो पाठ सिकेँ:*
३३ एकछिनको सुताइले, एकछिनको झुलाइले
र हात बाँधेर एकछिनको बसाइले
३४ गरिबीले तिमीलाई डाँकुले झैँ आक्रमण गर्नेछ;
अभावले तिमीलाई हतियारधारीले झैँ हमला गर्नेछ।+