प्रस्थान
३१ यहोवा परमेश्वरले मोसालाई अझै यसो भन्नुभयो: २ “हेर, मैले यहुदाको कुलको हुरको नाति, उरिको छोरा बजलेललाई रोजेको छु।+ ३ म तिनलाई मेरो पवित्र शक्तिले भरिपूर्ण पार्नेछु अनि बुद्धि, समझ र सबै किसिमका कालिगडीसम्बन्धी ज्ञान दिनेछु: ४ आकर्षक ढाँचाहरू बनाउने; सुन, चाँदी र तामाको काम गर्ने; ५ बहुमूल्य रत्नहरू काट्ने र जड्ने+ अनि काठका विभिन्न सरसामान बनाउने।+ ६ साथै तिनलाई सघाउन मैले दानको कुलको अहिसामाकको छोरा ओहोलिआबलाई नियुक्त गरेको छु।+ अनि सिपालु कालिगडहरूलाई म अझ बुद्धिमान् बनाउनेछु र मैले दिएको आज्ञाबमोजिम तिनीहरूले यी सबै कुरा बनाउनेछन्:+ ७ भेट हुने पाल,*+ साक्षीपाटी* राखिएको सन्दुक*+ र त्यसको ढकनी,+ पालका सबै सरसामान, ८ टेबुल+ र त्यसमा भएका सरसामान, निखुर सुनको पानस र त्यसका सबै सरसामान,+ धूप बाल्ने वेदी,+ ९ अग्निभेटी चढाउने वेदी+ र त्यसका सबै सरसामान, ठूलो बाटा र त्यसलाई राख्ने चारखुट्टे टेको,+ १० राम्ररी बुनेको पोसाक, पुजारी हारुनको लागि पवित्र पोसाक, तिनका छोराहरूले पुजारीको काम गर्दा लगाउने पोसाक,+ ११ अभिषेक गर्ने तेल र पवित्र स्थानको* लागि सुगन्धित धूप।+ कालिगडहरूले यी सबै कुरा मैले तिमीलाई दिएको आज्ञाबमोजिमै बनाउनेछन्।”
१२ यहोवा परमेश्वरले मोसालाई यसो पनि भन्नुभयो: १३ “तिमीले इस्राएलीहरूलाई भन्नू, ‘तिमीहरूले विश्रामदिन* अवश्य मान्नू+ किनकि यो पुस्तौँपुस्तासम्म म र तिमीहरूबीच रहिरहने चिन्ह हो र तिमीहरूलाई पवित्र पार्ने म यहोवा नै हुँ भनेर तिमीहरूले यसैबाट थाह पाउनेछौ। १४ विश्रामदिन* मान्नू किनकि यो तिमीहरूका लागि पवित्र हो।+ जसले विश्रामदिनसम्बन्धी नियम मान्दैन, ऊ मारियोस्। यो दिन कसैले कुनै किसिमको काम गऱ्यो भने त्यस मानिसलाई इस्राएलीहरूको समुदायबाट हटाउनै पर्छ।*+ १५ छ दिनसम्म काम गर्नू तर सातौँ दिन भने विश्रामदिन हो, पूरै आराम गर्ने दिन।+ यो दिनलाई यहोवा परमेश्वर पवित्र ठान्नुहुन्छ। विश्रामदिनमा कसैले काम गरेमा ऊ मारियोस्। १६ इस्राएलीहरूले विश्रामदिन मान्नै पर्छ; पुस्तौँपुस्तासम्म तिनीहरूले विश्रामदिन मानून्। यो सधैँभरि रहने करार हो। १७ म र इस्राएलीहरूबीच यो सधैँको लागि चिन्ह हो+ किनकि यहोवा परमेश्वरले छ दिनमा आकाश र पृथ्वी सृष्टि गर्नुभयो तर सातौँ दिनमा उहाँले काम गर्नुभएन; उहाँले विश्राम लिनुभयो।’”+
१८ सिनै डाँडामा मोसासित कुरा गरिसक्नेबित्तिकै परमेश्वरले आफ्नै हातले* लेखेको ढुङ्गाका दुई वटा साक्षीपाटी+ मोसालाई दिनुभयो।+