भजनसङ्ग्रह
निर्देशकलाई; यदुथुनको।* दाउदले रचेको भजन।
६२ निश्चय नै म चुपचाप परमेश्वरको बाटो हेर्छु।
मेरो उद्धार उहाँबाटै आउँछ।+
३ एउटा मान्छेलाई मार्न तिमीहरू कहिलेसम्म उसलाई आक्रमण गरिरहन्छौ?+
तिमीहरू सबै ढल्किसकेको पर्खालजत्तिकै, भत्किनै लागेको ढुङ्गाको पर्खालजत्तिकै खतरनाक छौ।*
४ उसको उच्च पदबाट* उसलाई खसाल्न तिनीहरू सरसल्लाह गर्छन्;
तिनीहरू झूट बोल्न पाउँदा खुसी हुन्छन्।
तिनीहरू मुखले त आशिष् दिन्छन् तर भित्रभित्रै भने सराप दिन्छन्।+ (सेला)
६ उहाँ नै मेरो चट्टान र मेरो उद्धारक हुनुहुन्छ, मेरो शरणस्थान;
म कहिल्यै धरमराउनेछैनँ।+
७ मेरो उद्धार र मेरो महिमा परमेश्वरकै हातमा छ।
परमेश्वर नै मेरो बलियो चट्टान, मेरो शरणस्थान हुनुहुन्छ।+
८ हे मानिसहरू हो, सधैँ उहाँमा भरोसा गर।
तिमीहरूको मनको बह उहाँलाई पोखाओ।+
परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।+ (सेला)
९ मानिस एक मुठी सास मात्र हो,
मानिसको सन्तान भरपर्दा हुन्छन् भन्ने कुरा भ्रम मात्र हो।+
तिनीहरूलाई तराजुमा जोखियो भने तिनीहरूको वजन एक मुठी सासभन्दा हलुको हुन्छ।+
१० लुटपाट गरेर धनी होइन्छ
वा डकैती गरेर मालामाल भइन्छ भन्ने भ्रममा नपर।
तिमीहरूको धनसम्पत्ति बढ्दा त्यसमा मन नलगाओ।+