भजनसङ्ग्रह
निर्देशकलाई; दाउदले रचेको भजन।
१३ हे यहोवा, तपाईँ कतिन्जेल मलाई बिर्सनुहुन्छ? सधैँभरि?
तपाईँ कतिन्जेल आफ्नो अनुहार मदेखि अन्तै फर्काउनुहुन्छ?+
२ दिनदिनै मनमा बोझ लिएर
कतिन्जेल म चिन्ताले व्याकुल भइरहूँ?
कतिन्जेल मेरो शत्रुले ममाथि प्रभुत्व जमाउनेछ?+
३ हे यहोवा, मेरा परमेश्वर, मलाई हेर्नुहोस् र जवाफ दिनुहोस्।
मेरा आँखामा चमक हालिदिनुहोस् ताकि म मृत्युको चीर निद्रामा पर्नु नपरोस्।
४ मेरो शत्रुले यसो भन्न नपाओस्: “मैले त्यसलाई जितेँ!”
मेरो सर्वनाश नहोस् र शत्रुहरू रमाउन नपाऊन्।+
६ म यहोवाको स्तुति गाउनेछु किनकि उहाँले मलाई प्रशस्त आशिष् दिनुभएको छ।+