हितोपदेश
१९ मूर्ख र झूट बोल्ने मानिस हुनुभन्दा
गरिब तर इमानदार* हुनु बेस हो।+
अनि हतार गर्नेले गल्ती गर्छ।
३ आफ्नै मूर्खताले गर्दा मानिसले गलत कदम चाल्छ
अनि उल्टै यहोवासित रिसाउँछ।
४ धनी मानिसका साथीहरू धेरै हुन्छन्
तर गरिबलाई उसको एक मात्र साथीले समेत छोडेर हिँड्छ।+
५ झूटो साक्षीले अवश्य सजाय पाउनेछ+
अनि कुरैपिच्छे* झूट बोल्ने मानिस उम्कनेछैन।+
६ ठूलाबडाको* निगाह सबैले खोज्छन्
अनि उपहार दिने मानिसलाई सबैले साथी बनाउन चाहन्छन्।
७ गरिबलाई उसका सबै दाजुभाइले हेला गर्छन्,+
उसका साथीहरूले त झनै घिन गर्छन्!+
तिनीहरूको पछिपछि लाग्दै बिन्तीभाउ गरे पनि कसैले उसको कुरा सुन्दैन।
८ समझ प्राप्त गर्ने मानिसले आफूलाई प्रेम गर्छ।+
समझशक्ति देखाउने मानिसले सफलता पाउँछ।+
९ झूटो साक्षीले अवश्य सजाय पाउनेछ
अनि कुरैपिच्छे झूट बोल्ने मानिस नाश हुनेछ।+
१० मूर्खले विलासी जीवन बिताएको सुहाउँदैन;
नोकरले मालिकहरूमाथि हैकम जमाएको झन् पटक्कै सुहाउँदैन!+
११ अन्तर्दृष्टि* भएको मानिसले रिसलाई काबूमा राख्छ+
अनि दोषको* वास्ता नगरेर उसले आफ्नो इज्जत बढाउँछ।+
१२ राजाको क्रोध सिंहको गर्जनजस्तै हो+
तर तिनको कृपा घाँसलाई भिजाउने शीतजस्तै हो।
१३ मूर्ख छोराले आफ्नो बुबामाथि सङ्कट ल्याउँछ+
अनि झगडालु* पत्नीचाहिँ तपतप चुहिरहने छानाजस्तै हो।+
१४ घर र धनसम्पत्ति पुर्खाबाट पाउने कुरा हो
तर बुद्धिमान् पत्नीचाहिँ यहोवाको वरदान हो।+
१५ अल्छी मानिसलाई धेरै निद्रा लाग्छ
अनि लोसे मानिस भोकै पर्छ।+
१६ आज्ञा पालन गर्दा ज्यान जोगिन्छ;+
लापर्बाही गर्दा ज्यान जान्छ।+
१७ गरिबलाई दया देखाउनु यहोवालाई सापटी दिनुजस्तै हो;+
त्यसको इनाम उहाँले दिनुहुन्छ।+
१८ छोरा सुध्रिने आशा छँदै उसलाई अनुशासन देऊ;+
तब तिमीलाई उसको मृत्युको दोष लाग्नेछैन।+
१९ झट्टै रिसाउने मानिसले सजाय पाउनेछ;
उसलाई एक चोटि बचायौ भने घरीघरी बचाइरहनुपर्नेछ।+
२० सल्लाह सुन र अनुशासन स्विकार;+
तब तिमी बुद्धिमान् हुनेछौ।+
२१ मानिसले मनमा थुप्रै योजना बुन्छ
तर उद्देश्य भने सधैँ यहोवाकै पूरा हुन्छ।+
अनि फटाहा हुनुभन्दा गरिब हुनु बेस हो।
२३ यहोवाको डर मान्नेले जीवन पाउँछ;+
जो उहाँसित डराउँछ, उसलाई मीठो निद्रा लाग्छ र उसलाई कुनै हानि हुँदैन।+
२४ अल्छीले थालमा आफ्नो हात हाल्छ
तर त्यसलाई मुखसम्म लैजान पनि मन गर्दैन।+
२५ खिल्ली उडाउनेलाई हिर्काऊ,+ यो देखेर सोझो मानिस चनाखो हुनेछ+
अनि समझदार व्यक्तिलाई हप्काऊ, तब ऊ अझ ज्ञानी हुनेछ।+
२६ बुबालाई दुर्व्यवहार गर्ने र आमालाई घरबाट निकाल्ने छोराले
लाज र बदनामी ल्याउँछ।+
२७ हे मेरो छोरा, अर्ती* सुन्न छोड्यौ भने
तिमी ज्ञानको बाटोदेखि तर्किनेछौ।
२८ निकम्मा साक्षीले न्यायको खिसी गर्छ+
अनि दुष्ट मानिस खराब कुरामा रमाउँछ।+
२९ खिल्ली उडाउने मानिसको भागमा सजाय पर्छ+
अनि मूर्खको पिठिउँमा लट्ठी बजारिन्छ।+