९१ जो सर्वोच्च परमेश्वरको गुप्त ठाउँमा बास गर्छ,+
ऊ सर्वशक्तिमान् परमेश्वरको छत्रछायामुनि बस्नेछ।+
२ म यहोवालाई भन्नेछु: “तपाईँ मेरो शरणस्थान र किल्ला हुनुहुन्छ,+
मेरा परमेश्वर, जसमाथि म भरोसा गर्छु।”+
३ किनकि उहाँले तिमीलाई सिकारीको पासोबाट छुटाउनुहुनेछ,
घातक रुढीबाट जोगाउनुहुनेछ।
४ उहाँले आफ्नो पखेटाले तिमीलाई छोप्नुहुनेछ,
तिमीले उहाँको पखेटामुनि शरण लिनेछौ।+
उहाँको वफादारी+ एउटा ठूलो ढाल+ र सुरक्षा दिने पर्खालजस्तै हुनेछ।
५ रातको त्रासदेखि तिमी डराउनेछैनौ+
अनि दिनमा चल्ने काँडले गर्दा तिमी आत्तिनेछैनौ।+
६ घोर अन्धकारमा फैलिने महामारी
अनि मध्यदिनमै बरबादी ल्याउने विनाशदेखि तिमी आत्तिनेछैनौ।
७ तिम्रो एकापट्टि हजार जना ढल्नेछन्
र तिम्रो दायाँ हाततिर दस हजार।
तर कुनै विपत्तिले तिमीलाई भेट्नेछैन।+
८ बरु तिमीले ती आफ्नै आँखाले देख्नेछौ।
दुष्टले सजाय पाएको तिमी आफैले देख्नेछौ।
९ किनकि तिमीले यसो भन्यौ: “यहोवा मेरो शरणस्थान हुनुहुन्छ,”
तिमीले सर्वोच्च परमेश्वरलाई आफ्नो निवासस्थान बनायौ;+
१० तिमीमाथि कुनै विपत्ति आइपर्नेछैन,+
कुनै पनि रुढी तिम्रो पालको नजिक आउनेछैन।
११ किनकि तिम्रा सबै मार्गमा तिम्रो रक्षा गर्न+
उहाँले आफ्ना स्वर्गदूतहरूलाई+ हुकुम गर्नुहुनेछ।
१२ उनीहरूले तिमीलाई हातहातै बोक्नेछन्+
ताकि तिम्रो खुट्टा ढुङ्गामा नबजारियोस्।+
१३ जवान सिंह र गोमनलाई तिमीले कुल्चनेछौ;
सिंह र बडेमाको सर्पलाई खुट्टाले कुल्चीमिल्ची गर्नेछौ।+
१४ परमेश्वरले भन्नुभयो: “म उसको उद्धार गर्नेछु+ किनकि ऊ मलाई प्रेम गर्छ,
म उसको रक्षा गर्नेछु किनकि उसले मेरो नाम जानेको छ।+
१५ उसले मलाई पुकार्नेछ र म उसलाई जवाफ दिनेछु।+
दुःखको बेला म उसलाई साथ दिनेछु।+
म उसको उद्धार गर्नेछु र उसलाई महिमित तुल्याउनेछु।
१६ म उसलाई लामो आयु दिएर सन्तुष्ट पार्नेछु,+
म उसलाई मेरा उद्धारका कार्यहरू देखाउनेछु।”+